बुटवल
विपी विचार राष्ट्रिय समाज रुपन्देहीले नेपाली कांग्रेसका नेता तथा पुर्व जिविस सभापति विजय धितालको निधनको ५ औं दिनको पुण्य तिथीमा मंगलबार शोकसभा सम्पन्न गरेको छ ।
समाजका जिल्ला अध्यक्ष शरद भट्टराईको सभापतित्व तथा सार्वजनिक लेखा समितीका सभापति भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न शोक सभामा बोल्दै नेता शाहले स्व. धितालले रुपन्देहीमा विकासको खाका कोर्न सफल भएकाले कांग्रेसले त्यसमा गर्व गर्न पाइरहेको बताउनु भयो ।
शोक सभामा प्रतिनिधि सांसद प्रमोद यादव, कांगे्रसका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला सचिव रामकृष्ण खांण, क्षेत्र न २ का सभापति मातृका यादव, महासमिति सदस्य युवराज गिरी, युवा नेता तथा विपी विचार राष्ट्रिय समाजका सल्लाहकार विष्णु पोख्रेल, बुटवल नगर समिति सभापति खेलराज पाण्डेय, तलोत्तमा नगर सभापति हरिलाल पाण्डे,विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष रोमणीप्रसाद पाठक,ऋषिकेश तिवारी समाजका सचिव कृष्ण पोख्रेल, विपी विचार समाज तिलोत्तमाका सभापति कल्याण पौडेल लगायतले स्वर्गीय धितालले पुरयाएको योगदानको चर्चा गर्दै उहाँ प्रति श्रद्धान्जली व्यक्त गर्नु भयो ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्