सबलपोष्टका प्रधान सम्पादक अमृत पाण्डेय जि पी के फाउण्डेशन अमेरिकाबाट सम्मानित

सबलपोष्टका प्रधान सम्पादक अमृत पाण्डेय जि पी के फाउण्डेशन अमेरिकाबाट सम्मानित

बुटवल– सबल नेपाल मिडिया प्रालीद्धारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल, केपी भट्ट लगायतलाई सम्मान गरिएको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।
पत्रकार पाण्डेय २०६२ सालबाट निहाल साहित्यिक पत्रिकामार्फत पत्रकारिता सुरु गरेका थिए । उनले रेडियो नमस्ते, नेपाल वान टेलिभिजन, खस्यौली एफएम लगायतमा काम गरिसकेका छन् । उनले कोरोना महामारी सुरु भएपछि विश्वभरिका नेपालीहरुसंग कोरोना भाइरस न्युनिकरण कसरी गर्न सकिन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विज्ञ तथा विभिन्न देशमा रहेका संघसंस्थाका प्रतिनिधीहरुसंग निरन्तर बहस कार्यक्रम संचालन गर्दै आइरहेका छन् । साथै जि पि के फाउण्डेशन अमेरिकाले संचालन गरिरहेको विदेशबाट बशस कार्यक्रमको नेपाल संयोजक रहेर समेत काम गरिरहेका छन् ।

 

प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij