बुटवल
रुपन्देहीका पत्रकार कुलमणि ज्ञवालीलाई पितृशोक परेको छ ।
गौतमबुद्ध मिडिया प्रालिद्वारा प्रकाशित गौतमबुद्ध सन्देश दैनिकका सम्पादक समेत रहेका ज्ञवालीका पिता मणिराम ज्ञवालीको ८६ बर्षको उमेरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ मा रहेको निवासमै बिहीबार दिउँसो साढे ३ बजे निधन भएको हो ।
ज्ञवालीको निधनप्रति गौतमबुद्ध मिडिया प्रा।लि।, नेपाल पत्रकार महासंघ रुपन्देही, लुम्बिनी प्रेस क्लब रुपन्देही लगायत संघ–संस्थाले दुःख व्यक्त गरेका छन् ।
पत्रकार महासंघ रुपन्देहीले शुक्रबार शोक विज्ञप्ती जारी गर्दै पत्रकार ज्ञवालीका पिता मणिराम ज्ञवालीको निधनले महासंघ परिवारलाई स्तब्ध बनाएको बताएको छ ।महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि।सी। र सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।
त्यस्तै लुम्बिनी प्रेस क्लबले शुक्रबार शोक विज्ञप्ती जारी गर्दै पत्रकार ज्ञवालीका पिता मणिराम ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
अध्यक्ष दिपेश पछाई र महासचिव सम्झना शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको अग्रज पत्रकार तथा क्लबका सल्लाहकार ज्ञवालीका पिताको स्वर्गारोहणले क्लब परिवारलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्