तिलोत्तमा।
तिलोत्तमा नगरपालिकाको वडा नं. १५ कोटिहवामा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ । वडा नं. १३, १४, १५, १६ र १७ का किसानलाई सेवा दिनेगरी स्थापना गरिएको पशु सेवा केन्द्रको आइतबार नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्घाटन गर्नुभयो ।
यसअघि वडा नं. २ जानकीनगरमा मात्र सञ्चालनमा रहेको पशु सेवा केन्द्रलाई आन्तरिक स्रोतमा प्राविधिक नियुक्त गरेर नगरपालिकाले कोटिहवामा समेत विस्तार गरेको हो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख चौधरीले तिलोत्तमा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै पशु सेवा केन्द्रबाट अधिकतम लाभ उठाउन किसानलाई आग्रह गर्नुभयो ।
वडाध्यक्ष खेमराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा अगुवा किसानको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्