बुटवल।
रुपन्देहीमा आइतबार एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष र सैनामैनाकी नगरपालिकाकी ५६ वर्षीया महिलाको रहेका छन् ।
बुटवलका संक्रमितको बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।
सैनामैनाकी महिलाको भैरहवा स्थित भीम अस्पतालमा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको थियो ।
कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएका बुटवलका संक्रमित पुरुष सोही दिन बुटवल स्थित कोरोना बिशेष अस्पताल भर्ना भएका थिए ।
कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी सैनामैनाकी महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको सघन उपचार कक्षमा उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिए ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ८६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्