काठमाडौं
सुरक्षा मापदण्ड पुरा गरेर अब विद्यालय सञ्चालन गर्न पाइने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेका विद्यालयहरू अब स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ स्वीकृत गरेसँगै विद्यालय सञ्चालनको बाटो खुलेको हो ।
संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ यही २० कार्तिकमा स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।
स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा कोरोनाको अवस्था हेरेर प्रदेश र स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने उल्लेख छ ।
‘प्रदेश सरकार तथा स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गर्ने लगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरू गर्न सक्ने गरी आधारभूत क्रियाकलापहरू यस कार्यढाँचामा समेटिएको छ’ कार्यढाँचामा भनिएको छ ।
कोरोना संक्रमण बढेको अवस्थामा भने स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर निश्चित अवधिका लागि विद्यालय बन्द पाइने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्