२४ घण्टामा १२७२ जनामा काेराेना सङ्क्रमण, १५ सयभन्दा धेरै डिस्चार्ज

२४ घण्टामा १२७२ जनामा काेराेना सङ्क्रमण, १५ सयभन्दा धेरै डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेकाे छ । शुक्रबार थप एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।आठ हजार ३१ जनाकाे नमुना परीक्षण गर्दा एक हजार दुई सय ७२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार पाँच सय ७५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।

अब नेपालमा १५ हजार चार सय ४७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय ३७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १६ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय ६७ पुगेकाे छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij