बुटवल-रुपन्देहीको सैनामैनाबाट महिला हिंसा विरुद्धको राष्ट्रव्यापी अभियान मिशन नारी सुरु भएको छ । खुसी जीवन नेपाल नाम गैर सरकारी संस्थाले सहयोग सचेतना र आत्मरक्षाका लागि राष्ट्रि व्यापी अभियान अन्तरगत मिशन नारी अभियान आइतबार सैनामैना–११ सालझण्डीबाट सुरु गरेको हो । पछिल्लो समय वढ्दै गएको बलात्कार, घरेलु हिंसा, चेलीवेटी बेचविखन बिरुद्ध सचेतना जगाउने उद्धेश्यले कार्यक्रम सुरु गरीएको संस्थाका अध्यक्ष महेन्द्र बिश्वकर्माले जानकारी दिनु भयो । अभियान अन्र्तरगत महिला तथा किशोरीहरुलाई आत्म रक्षा तालिम, सामाजिक परामर्श र नाटकको माध्यमबाट सचेतना जगाउने जगाउने लगायतका कार्यक्रम तय भएको उहाले बताउनु भयो ।
कार्यक्रम पहिलो चरणमा रुपन्देहीका स्थानिय तहरुमा लागु हुनेछ, दोस्रो चरणमा लुम्बिनी प्रदेशका जिल्लाहरु र तेस्रो चरणमा देशका विभिन्न भागमा कार्यक्रम सञ्चालन गरीने छ । पहिलो चरणको अभियानमा अभियानकर्मीको रुपमा आशिका बिरकट्टा, अस्मिता आर्याल, दुर्गा राई, प्रकाश रेग्मी, सन्दिप जिसी र प्रदिप कोइराला रहने तय भएको छ । अन्यलाई आवश्यकता आधारमा जाड्दै जाने अध्यक्ष बिश्वकर्माले बताउनु भयो । संस्थाले महिला बालबालिका, दलित र पिछडा बर्गको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्