रोटरी क्लब अफ भैरहवा को ५ औं स्थापना दिवस, समाजमा प्रभाव पार्ने काम गर्न गर्भनर पोखरेलको सुझाव

रोटरी क्लब अफ भैरहवा को ५ औं स्थापना दिवस, समाजमा प्रभाव पार्ने काम गर्न गर्भनर पोखरेलको सुझाव

 

भैरहवा-रोटरी क्लब अफ भैरहवा को ५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

कार्यक्रम मा सामाजिक क्षेत्रका अगुवाहरुले स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रको विकासमा लगानी बढाउनु पर्ने बताएका छन्

समाज रुपान्तरणका लागि रोटरीयनहरु को भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले नयाँ नयाँ परियोजना ल्याउन र विकासको योजना बनाउन समेत आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेल ले रोटरीले समाजमा साँच्चिकै प्रभाव पार्ने काम गरेर देखाउनु पर्ने बताउनु भयो ।

रोटरीले सामाजिक क्षेत्रमा गरेको लगानी र विकासले यसको गरिमा र महत्वलाई उजागर गरेको भन्दै अब रोटरी इन्टरनेशनल को ग्लोबल ग्रान्ड का लागी केन्द्रीत भएर काम गर्न सुझाव दिनु भएको छ ।

रोटरी क्लब अफ भैरहवा ले स्थापना को छोटो समय मै सामाजिक क्षेत्र मा निकै रामो काम गरेको भन्दै गर्भनर पोखरेल ले अब नयाँ नयाँ परियोजना छनोट गरेर रोटरी इन्टरनेशनल ग्रान्ड प्रोजेक्टमा पेश गर्न सुझाव दिनु भएको छ ।

गर्भनर पोखरेल ले रोटरी इन्टरनेशनल ग्रान्ड प्रोजेक्ट ल्याउन का लागी आफु ले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

गर्भनर पोखरेल ले अनुभवी व्यक्ति हरु लाई समेटर नया नया रोटरी क्लब हरु खोल्नु पर्ने सुझाव दिनु भएको छ ।

कार्यक्रम मा वरिष्ठ समाज सेवी उधोगी एवम रोटरी क्लब अफ भैरहवा का मानार्थ सदस्य नारायण प्रसाद अग्रवाल ले रोटरीयन हरुको अझै बढी योगदान देश र समाजले खोजिरहेको बताउनु भयो । क्लब ले आफनो स्थापना काल देखी नै सामाजिक क्षेत्र मा निकै राम्रा कामहरु गरेको सदस्य अग्रवाल ले बताउनु भयो ।

क्लब का जिएस आर एजाज आलम ले समाज को आवश्यकता अनुसार काम गर्दा सफल हुने बताउनु भएको छ । रोटरी क्लब क्लब अफ भैरहवा ले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेले को आलम ले बताउनु भयो ।

रोटरी क्लब अफ भैरहवा का अध्यक्ष शिवहरि शर्मा को अध्यक्षतामा भएको कार्यक्रम मा सँस्थापक अध्यक्ष राज कुमार गुप्ता,रोटरी क्लब अफ बुटवल साउथ का अध्यक्ष प्रेम भुर्तेल, एजी हरि प्रसाद पौडेल, रोटरी क्लब अफ सेन्ट्रल बुटवल का अध्यक्ष बाबु राम भटटराई लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम सचिव कमल कोइराला को सचालन तथा आई पिपि मनिष भटटराई को स्वागत मा सम्पन्न भएको थियो । कार्यक्रम मा २०७६ को एसईई मा सहभागी भई उतीर्ण भएका क्लब का सदस्य का छोरा छोरी लाई सम्मान गरिएको थियो । सम्मानित हुने मा गौराङ्ग आचार्य, आदर्श राज रेग्मी,सार्थक सेन ,रहेका छन ।

यसै गरी क्लव ले संस्था को पाँचौ स्थापना दिवसको उपलक्ष्यमा सिद्धार्थ बालगृहमा रहेका १९ बाल बालिका हरु लाई न्यानो पोशाक (ट्रयाकशुट) , स्पोर्टशुज तथा स्टेशनरी सामान प्रदान गरेको छ ।

संस्थाले स्थापनाको पहिलो वर्ष देखिनै स्थापना दिवसका दिन बिहान वृद्धवृद्धा, अनाथ बाल बालिका लाई आश्रय दिइरहेका संस्थाहरु साथै अपाङ्गता भएका व्यक्ति लाई आवश्यक सहयोग सामाग्री र बेलुका स्थापना दिवसको कार्यक्रम आयोजना गर्दै आएको रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले बताउनु भयो ।

आईतबार संस्थाले स्थापनाको पाँचौ वर्षको अवसरमा बिहान सिद्धार्थ बालगृहमा रहेका १९ बाल बालिका हरुलाई न्यानो पोशाक, हस्तान्तरण मात्र नभई उनिहरु लाई भोजन पनि गराएको छ ।

बालगृहमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ (नेपाल÷भुटान) का गभर्नर राजिव पोखरेल, रोटरी क्लब अफ भैरहवा का जिएसआर एजाज आलम, क्लब का संस्थापक अध्यक्ष राजकुमार गुप्ता, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरी शर्मा सचिव कमल कोइराला , आई पिपि मनिष भटटराई, लगायतले सामाग्री हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा क्लब का अध्यक्ष शिव हरी शर्मा ले १३ हजार रुपैयाँ बालगृहकी सञ्चालिका कृष्णमाया गुरुङ्गलाई हस्तान्तरण गर्नु भएको थियो ।

सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गर्दै गभर्नर पोखरेलले जहाँ दुःखी, असहाय त्यहाँ रोटरीको साथ रहेको भन्दै स्थापनाको छोटो समयमै रोटरी क्लब अफ भैरहवाले स्वास्थ्य, शिक्षा, बालबालिका, अपाङ्गता लगायत सामाजिक क्षेत्रमा र अहिले कोरोना भाईरस संक्रमणको जोखिमको समयमा बिभिन्न माध्यमबाट कोरोना न्यूनिकरणका लागि उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएको बताउनु भयो । रोटरी भैरहवाका अध्यक्ष शिवहरी शर्मा ले बालगृहमा रहेका बाल बालिका हरु लाई सहयोग निरन्तर रहने र १८ वर्ष पुगेपछि काम गर्न चाहनेहरुका लागि रोजगारका लागि पहल समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बालगृहकी सञ्चालिका कृष्णमाया गुरुङले रोटरी क्लब अफ भैरहवा लगायतका बिभिन्न संघसंस्थाको सहयोगले आवश्यक खाद्यान्न, मसलन्द लगायतका सामानको कमि नभएको भन्दै बालगृहका लागि स्थायी आश्रय स्थल अथवा जग्गा कुनै सहयोगी दाताले उपलब्ध गराइदिए भवन निर्माण गर्ने मनकारीहातहरु रहेको बताउँदै जग्गा उपलब्धताका लागि पहल गरिदिन आग्रह गर्नु भयो ।

रोटरी क्लव अफ भैरहवा २०७३ साल मंसिर २१ गते भैरहवा क्षेत्रका उद्योगी, व्यवसायी, चिकित्सक, शिक्षण, बैंकर्श, होटलियर, मिडिया, केबलनेट लगायत बिभिन्न पेशा मा आबद्ध रहेका ५४ जना युवाहरुलाई संगठित गराई राजकुमार गुप्ताको नेतृत्वमा स्थापना भएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij