२४ घण्टामा ७१० जनामा कोरोना पुष्टि, १ हजार १७५ कोरोनामुक्त

२४ घण्टामा ७१० जनामा कोरोना पुष्टि, १ हजार १७५ कोरोनामुक्त

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६६ हजार २१० छ । देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ ।
२४ घण्टामा १ हजार १७५ कोरोनामुक्त, १२ को मृत्यु २४ घण्टामा १ हजार १७५ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४२ हजार ५६७ जना घर फर्किसकेका छन् ।
त्यसैगरी २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, पुष ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij