संसद बिघटनको बिरोधमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ द्धारा बुटवलमा प्रदर्शन

संसद बिघटनको बिरोधमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ द्धारा बुटवलमा प्रदर्शन

बुटवल
प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले आज विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । रुपन्देहीका पनि ५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको छ ।संसद बिघटनको बिरोधमा देशका प्रत्यक निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ को आयोजनामा बुटवलमा प्रदर्शन भएको हो ।

Image may contain: 9 people, including Radha Gyawali, outdoorसंसद बिघटनको बिरोधमा सोमबार बुटवलमा आयोजित बिरोध सभामा बोल्दैनेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापती हरी लम्सालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रवादी नभएर राजावादी भएको बताउनुभएको छ ।
आफुहरु लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा लाग्दा बयलगाडा चढेर अमेरीका पुगिदैन भन्ने अभिव्यक्ति दिने केपी शर्मा ओलीको व्यवहार कहिल्यै लोकतन्त्रवादी हुन नसकेको भन्दै उहाले केपी ओली राजावादी भएको दाबी गर्नुभयो ।

No description available.कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा,युवा नेता युवराज गिरी,बुटवल उपमहानगर सभापति खेलराज पाण्डे,महासमिति सदस्य बालकुमारी भण्डारी,नेविसंघका केन्द्रीय उपसभापति मुक्ति पौडेल,नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाही,नेपाली कांग्रेस क्षेत्रीय सचिब परमानन्द भट्टराई लगायतले संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानीक र अलोकतान्त्रिक भएको भन्दै संसद पुनःस्थापनाको विकल्प नभएको बताउनुभयो।
बुटवलको अस्पताललाइनबाट सुरु भएको बिरोध जुलुस अमरपथ हाटबजारलाइन,जेसिज चोक,पाल्पा रोड हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।

Image may contain: 5 people, including Radha Gyawali, people on stage and outdoor

प्रकाशित मिति : सोमबार, पुष १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij