बुटवल।
राजश्व छलीको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र रहेको भारतीय कन्टेनरमा पेस्तोल फेला परेको छ ।
जिएल सुन्य ६एजेड ६३५९नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।
विगत डेढ वर्ष देखि सो कार्यालयमा रहेको उक्त ट्रकको एयर फिल्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा विबल ३२ कम्पनी मेड लेखेको जस्तो देखिने पेस्तोल फेला पारेको हो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्