चितवन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन् । चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताए । सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे ।
उनले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताए। उनले प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको दाबी गरे । जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिए । प्रचण्ड चुनावसँग डराएर हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा चितवन पनि छाड्ने दाबी गरे ।
उनले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने दाबी गरे । उनले निर्वाचन आयोगमा केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक रहेको बताए । पार्टीका बागमती प्रदेश सचिव आनन्द पोखरेलले नेकपा पुनर्गठन बाध्यता भएको बताए । उनले नातावादको विरूद्ध उत्रिन कार्यकर्तालाई आह्वान गरे। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी छन् ।
प्रकाशित मिति : सोमबार, पुष २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्