बुटवल
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबि गर्नुभएको छ । केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्कोलाइ खुइल्याइ फरकफरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लीरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रबक्ता समेत रहेका चौधरीले आफुहरु सहभागि सरकार आजका मितिसम्म सुरक्षित रहेको दाबि गर्नुभएको हो।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले प्रचण्ड माधव समूहका कारण प्रधानमन्त्री केपि ओलीले संसद बिघटन गरेको भन्दै संसद पूर्नस्थापना हुने संभावना नरहेको दाबि गर्नुभयो ।उहाले अदालतको निर्णय लाइ मान्ने समेत बताउनुभयो ।
उहाले प्रदेशका सांसदहरुले मुख्यमन्त्रीबिरुद्ध अविश्वासको मत जाहेर नगरेकोले त्यसको कतै पनि तयारी वा असन्तुष्टि नसुनिएकाले प्रदेश सरकार फेरबदल वा मन्त्रीमण्डल फेरबदल तत्काल नहुने दाबि गर्नुभएको हो।
पूर्वमाओवादीका पांच सात सांसद हाम्रो कित्तामा आउदैछन् !
उहाले संस्थापनपक्ष ओलीतिर खुलैर सांसदहरु लाग्नेक्रम शुरु भएको समेत बताउनुभयो । उहाले भन्नुभयो —‘हिजो एमएसजी हाम्रो कित्तामा खुलेरै आउनुभो,अब पूर्व माओबादीका ५देखि७ जना सांसदहरुपनि आउदैछन्’ त्यसैले सरकार अल्पमतमा छैन,सुरक्षित रहेको छ ।’
मन्त्रीको लोभ देखाएर सांसदहरु किनबेच भैरहेको हो ? भन्ने पत्रकारको जिज्ञासामा उहाले भन्नुभयो—‘अहिले प्रदेशमा तत्काल मन्त्रीमण्डलमा रहेका साथीहरुलाइ कारबाहि पनि हुदैन,नया नपिने संभावना पनि छैन,यो केन्द्रको निर्देशनमा भर पर्छ ।’
तर प्रदेश सरकारको काम कारबाहि थप प्रभाबकारी बनाउन मन्त्रालय फुटाउन सकिने र मन्त्री थप्न पनि सकिने उहाले बताउनुभयो प्रदेशसभालाइ सरकारले बिजनेश दिएपछि छ महिना अघिनै बैठक बस्छ,अहिले ४ महिना भएको उहाको भनाइ छ । तत्काल प्रदेशसभा बैठक,सरकार स्थायी राजधानी तोकिएको उहाले बताउनुभयो ।
प्रदेशसभालाइ सरकारले बिजनेश दिएपछि छ महिना अघिनै बैठक बस्छ,अहिले ४ महिना भएको उहाको भनाइ छ ।तत्काल प्रदेशसभा बैठक,सरकार स्थायी राजधानी तोकिएको दाङमा जाने संभावना नभएको भन्दै मन्त्री चौधरीले उता स्थायी संरचना बनेपछि मात्रै जाने जानकारी दिनुभयो ।
तत्काल प्रदेशसभा बैठक बोलाऔं :सचेतक क्षेत्री
लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाइ समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाउनुभयो ।
उहाले नेकपाको लडाइले जनतामाथि धोका भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णयक कदम चाल्न तयार रहेको बताइउाुभो । उहाले आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको समेत धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह गर्नुभयो ।
जनता समाजबादी पार्टीका संसदीय दलका नेता सहश्राम यादवले सरकार गलत बाटोमा हिडेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंबैधानिक र अलोकतान्त्रीक भएको बताउनुभयो ।
उहाले प्रदेश सरकार तत्काल फेरबदल नहुने र अविश्वासको मत पनि नआएकाले प्रदेशमा यहि नै हुन्छ भन्ने अवस्था नभएको बताउनुभयो ।सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नव निर्वाचित सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीलाइ सम्मान गरिएको थियो ।साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
प्रकाशित मिति : सोमबार, पुष २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्