वायु प्रदूषण अत्यधिक भएको विश्वको सूचीमा काठमाडाैं १ नम्बरमा

वायु प्रदूषण अत्यधिक भएको विश्वको सूचीमा काठमाडाैं १ नम्बरमा

काठमाडौं : विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै परेको छ।

मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ। आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई) ३७२ पुगेको छ।

दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, , सातौंमा बंगलादेशको ढाका  आठौँमा भारतको मुम्बई छ। प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन्।

हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको थियो। तर अहिले एक नम्बरमा छ।  विश्वका प्रमुख सहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी पनि काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।

आइक्यु एयरले वायु प्रदुषणको स्तर केही कम देखाए पनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन। अहिले पनि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ, घाम लागेको छैन।

वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्।

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij