रुपन्देहीमा दुई दिने चित्रकला कार्यशाला शुरु

रुपन्देहीमा दुई दिने चित्रकला कार्यशाला शुरु

रुपन्देही

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा नेवा पुच नेवा समाज विकास परिषद र नेपाल ब्यावसायीक कलाकार संघको सहयोगमा दुई दिने चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ रुपन्देहीमा शुरु भएको छ । कार्यशालाको मंगलबार एक समारोहका बिच समाजसेवी तथा जनप्रतिनिधि ज्ञानु लिगलले उद्घाटन गर्दै नेवारी कला र संस्कृति जगाउदै पर्यटनसंग जोडेर लैजानुपर्ने सुझाव दिईन ।

परिषदका सदस्य तथा चित्रकला विभागका प्रमुख सुश्मा राजभण्डारीले ललित कलालाई विकास गर्ने योजना अनुसार विविध कार्याशालाहरु अघि बढेको बताईन। सरकारलाई समन्वयको पाठामा संस्थागत रुपमा सहयोगीका रुपमा प्रतिष्ठानले काम गर्दै आएको उनले बताईन । श्री नेवा पुच कार्यालय भवनमा पुस २१ र २२ दुई दिनसम्म संचालन हुने कार्यशालामा कलाकारहरुले नेपाली, नेवारी संस्कृति र परम्परा झल्काउने ३० बढी चित्रहरु बनाउने पुचका अध्यक्ष काजिमान श्रेष्ठ बताए । श्री नेवा पुच नेवा समाज विकास परिषदबाट संस्कृति जगेर्नाका लागि विभिन्न दिवसमा कार्यक्रमहरु गर्दै आएको उनले बताए । वरिष्ठ चित्रकारहरु मन गोल्डी, एचबि रमतेल, लक्ष्मण श्रेष्ठ, सुमित्रा राना, राजकुमार लिगल, शान्ता गिरि, बेनु थापा, बिक्रम गुरुङ लगायत करीब ३० जनाले एक्रेलिक रंग र क्यानभास बोर्डमा चित्र कोर्ने उनले बताए। यसैबिच पुस २३ गते अरनिको दिवसमा कार्यक्रम गरिने प्रतिष्ठान रुपन्देहीका अध्यक्ष मन गोल्डी, सचिव एचबि रमतेल, नेपाल ब्यावसायीक कलाकार संघका अध्यक्ष बेनु थापाले बताए।

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij