थप ५२२ जनामा काेराेना सङ्क्रमण, ५७८ जना डिस्चार्ज

थप ५२२ जनामा काेराेना सङ्क्रमण, ५७८ जना डिस्चार्ज

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय २२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार पाँच सय ५१ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार सात सय ८४ पुगेको छ ।

गएको २४ घण्टामा पाँच सय ७८ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८ सय ९३ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार दुई सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । त्यस्तै तीन सय ४२ जना क्वरेण्टीनमा छन् ।

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij