भैरहवा -जेसी आई सिद्धार्थ नेपाल को आगामी एक वर्षे कार्यकाल को अध्यक्ष मा जीवन पौडेल निर्वाचित हुनु भएको छ ।
शनिबार भैरहवा मा सम्पन्न जेसी आई सिद्धार्थ नेपाल को ४५ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन बाट पौडेल अध्यक्ष मा निर्बिरोध निर्वाचित हुनु भएको हो
अधिवेशन बाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा युवराज श्रेष्ठ र पंकज यादव, चार उपाध्यक्ष पदमा गणेश शर्मा, देवराज भण्डारी,सागर झा,विष्णु निषाद निर्बिरोध निर्वाचित हुनु भएको जेसीआई सिद्धार्थ नेपाल पुर्व अध्यक्ष तथा निर्वाचन समिति का संयोजक साजन जंग राणा ले जानकारी गराउनु भयो ।
जेसीआई सिद्धार्थ नेपालको बिधान अनुसार महासविच, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था रहेको छ ।
साधारण सभा तथा अधिवेशन को उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले जेसीजले लिएको मुलमन्त्र बिधिको शासन स्थापित गर्नको लागि आफू पनि आफ्नो ठाउँबाट लागि परेको बताउनु भयो । सचेतक खान ले आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर लागिरहनु पर्ने बताउँदै बिधिको शासन कायम गर्नको लागि जेसीजले आफ्नो अभियानलाई निरन्तर अंगाडी बढाईरहन आग्रह गर्दै त्यसमा आफ्नो साथ र समर्थन सधै रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सचेतक खान ले जेसिज मा जस्तै एक पद एक कार्यकाल राजनिती मा पनि लागु गर्न सके अत्यन्तै सान्दर्भिक हुने बताउनु भयो ।
कार्यक्रम मा जेसीआई सिद्धार्थ नेपाल का अध्यक्ष भुवन राणा ले आफ्नो कार्यकाल सुरु भए संगै अंगाडी सारिएका योजना कार्यान्वयन कै समयमा कोरोना भाईरस महामारी सुरु भएकोले सोंचेजती काम गर्न नसकिएको बताउनु भयो ।
अध्यक्ष राणा ले कोरोना भाईरस महामारी कै बिच पनि जेसीजले अंगाडी सारेका योजना तथा युवामा नेतृत्व तथा व्यक्तित्व बिकास का कार्यक्रमलाई निरन्तरता दिईएको जानकारी गराउनु भयो ।
कार्यक्रम मा नेपाली काग्रेस सिद्धार्थ नगर सभापति दिलिप धिताल, जेसीआई सिद्धार्थ नेपाल का पुर्व अध्यक्ष साजन जंग राणा,कार्यक्रम संयोजक हुमाकान्त भुषाल, लगायत ले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सञ्चालन महासचिव पकज यादव ले गर्नुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्