लायन्स स्टार्स बुटवलले द्धारा सहयोग प्रदान

लायन्स स्टार्स बुटवलले द्धारा सहयोग प्रदान

बुटवल —लायन्स क्लब अफ बुटवल स्टार्सले लुम्बिनी दृष्टीबिहिन आय आर्जन, भजन तथा साँस्कृतीक साँस्कृत समुहलाई सहयोग प्रदान गरेको छ । तामनगरमा एक कार्यक्रमको आयोजनागरी क्लवले सहयोग गरेको हो । लायन्स ईन्टरनेशनलका संस्थापक मेल्वीन जोन्स को जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम अनुसार दृष्टिविहिन समुहलाई सहयोग गरेको हो । क्लवका अध्यक्ष शुसिल पाण्डेका अनुसार समुहलाई जडोमा प्रयोग हुने ब्लायंकेट, दाल , चामल र ग्याँस चुलो सहोग प्रदान गरिएको हो ।
कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपाल रिजन ३० का चेयरपर्सन आशिषकृष्ण श्रेष्ठले लायन्स स्टार्सले आफ्नो मुल नारा जाहाँ दुःखछ त्यहा पुग्छ भन्ने मुलनारालाई आत्मसाथ गर्दै सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै श्रेष्ठले सामाजिक सेवा भावले स्थापना भएको सामाजिक क्लवहरुले आगामी दिनमा पनि यस्तै प्रकृतिको काम गर्नुपर्ने भन्दै आफु पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रमा जोनचेयर पर्सन एम.एल पाण्डे, लायन्स क्लव अफ बुटवल स्टार्सका सचिव भुपेन्द्र अर्याल, सदस्य सहसचिव विश्वजीत कसौधन र टेलटुइस्टर अब्दुल सलामद लगायतको सहभागीता रहेको थियो । कार्यक्रम क्लवका डाइरेक्टर राजन जीसीको संयोजकत्वमा भएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, पुष २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij