काठमाडौं – काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक इन्जिनियर दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । शुक्रबार करिब पाैने ९ बजे ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उमेशकाे शव कोठाभित्र पल्टिरहेको रहेकाे अवस्थामा बरामद भएकाे थियाे भने सुदिक्षाकाे शव झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे । प्रहरीले घटनास्थलबाट रगत लतपतिएकाे सिलाैटा समेत बरामद गरेकाे छ । सुदिक्षाले सिलाैटाले हिर्काएर उमेशकाे हत्या गरी आफूले आत्महत्या गरेकाे हुन सक्ने प्रहरीकाे आशंका छ ।
अहिले दुवैकाे शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पाेष्टमार्टम रिपाेर्टपछि थप विवरण प्राप्त हुने र घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : शनिबार, पुष २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्