बुटवल
बुटवल उपमाहानगरपलिका बडा नम्बर १३ भानुपथका भानुमहिला समुहका सक्रिय महिलाहरु अहिले घेरै खुशी देखिएका छन । बिस दिने चुरा पोते बुनाई तालिम लिइहेका भानुमहिला समुहका सक्रिय महिलाहरुले उपलब्धी भएको महशुस भएको बताएका छन । चुरापोते मालाको उद्योग खोल्ने बिचार लिएर अघाडी बडिरहेका महिलाहरुले यसको उत्पादक गरि ठाउँ ठाँउमा होलसेल बेच्ने कुरा बताएका छन ।महिलाहरु लाई धरेलु तथा साना उद्योग भैरहवाले सिपमुलक तालिम दिएको छ ।

भानुमहिला समुहका महिलाहरु घोप्टो परेर केहि न केहि काममा व्यस्त थिए । कसैको हातमा सियो धागो थियो, कसैकोमा मोतिगेडा अनि कसैले उनिरहेका तथा बुनिरहेका देखिन्थे ।भानुमहिला समुहका सक्रिय महिलाहरु रमाएर काम गरेको दृश्य रहरलाग्दो थियो । तयार गरेका पोते, माला भित्तामा टंगाएको अबस्थाले तालिममा सहभागि भानुमहिला समुहका सक्रिय महिलाहरु को जिवनको लय बदलेको भन्न सकिन्थ्यो ।भानुमहिला समूहकि अध्यक्ष बिस्नु देबकोटाले बिस दिने तालिमले ठुलो उपलब्धी हासिल हुने बताउनु । ‘अध्यक्ष देबकोटाले दिनभरी घरमा त्येतिकै समय खेर फाल्नुभन्दा समयको सदुपयोग गरि चुरापोते बनाई आयाआर्जन गर्न सकिने उद्योग तथा व्यापार ब्याबसाय गर्ने सकिने कुरा अबगत गराउनु भयो।उहाले हामीलाइ उपलब्धि मुलक सिप सिकाउन सहयोग गर्नुभएकोमा घरेलु तथा साना उद्योगगलाई धन्यवाद दिनुभयो ।
महिलाहरुका श्रृगारका सामानहरु झुम्का, टप औठि, माला, चुरा, रानीहार, सादा माला लगाएतका श्रृगारका सामान तयार पार्न अब सकिन्छ उहा खुशी का साथ बताउनुहुन्छ ।

यसको बजार पनि राम्रो र मुल्य पनि उचीत भएकाले निरन्तरता दिने भानुमहिला समुहका महिलाहरुको भनाइ रहेको छ । तत्कालै व्यवसाय गरेपनि थाल्न सक्ने सिपको विकास गरेको प्रशिक्षक सरिता थापा को भनाई छ । महिलाहरुलाइ ‘घरमा फुर्सद हुदाको समयमा बुने मात्रै पनि सामान्य खर्चटार्ने कमाई दिन्छ ।सुन्दरताको लागि औठि, माला, टप, झुम्का हरेक चिज अन्तै किन्नु पर्छ । सधै बजार बाट आएको लगाउनु पछ । तालिमले यहि पनि बनाउन सकिन्छ भन्ने सन्देश गएको छ । घर दैलोमै बसेर महिलाहरु गतिलो कमाई गर्न सकने वातावरण बनाएको छ । चुरा पोते नलगाउने महिलाहरु निकै छन् । त्यसैले बजारको पनि चिन्ता गर्नुपर्दैन ।


प्रकाशित मिति : शनिबार, पुष २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्