रुपन्देहीमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने तयारी

रुपन्देहीमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने तयारी

बुटवल
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जयन्ती रुपन्देहीमा व्यापक रुपमा मनाउने तयारी भएको छ ।

रुपन्देही बासी नागरिकको नाममा सोमवार बुटवलमा वृहत र्याली सहित सभा गरेर मनाउने तयारी गरेको हो ।

सोमबार दिउसो १ वजे बुटवलको जितगढी किल्लावाट मोटरसाईकिल,गाडी सहितको विसाल र्याली बुटवल बजार परिक्रमा गरि योगिकुटी पुगेुर पुनः राजमार्ग चौराहामा आएर पैदल मार्च पास गर्दै पुष्पलाल पार्कमा पुग्ने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद पुनले जानकारी दिए ।

आयोजकले आईतवार जितगढी स्थित जितगढी पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो ।

नेपाल राष्ट्र निर्माता पुथ्वी जयन्तीलाई राष्ट्रिय चाडका रुपमा मनाउनु पर्ने र सरकारले त्यस दिन सार्वजनिक विदा दिन पत्रकार सम्मेलनमा माग समेत गरिएको थियो ।

पृथ्वी नारायण शाहले नेपालको राष्ट्र निमार्ण नगरेको भए अहिले नेपाली भन्न कहाँ पाईन्थ्यो भन्दै वक्ताहरुले यति ठुलो योगदानलाई कदापी भुल्न नहुने धारणा राखेका थिए ।

हिन्दुमात्र नभई सबै जातजाती धर्म समुदायलाई कार्यक्रममा सहभागिताका लागि आयोजकले आह्वान गरेका छन ।

कार्यक्रममा योगी बलभद्धनाथ, पूर्वमन्त्री प्रकाश चित्रकार, अनिल जैसवाल लगायतले पृथ्वी नारायण शाहको उपदेश मानव जगतको रक्षाका लागि उपरिहार्य भएको धारण राखेका थिए ।

पृथ्वी नारायण शाहको उपदेश अनुसार मुलुक संचालन हुनु पर्ने बताउदै उनिहरुले नेपालको मौलिक संस्कार र संस्कृती जोगाउन ओमकार परिवार एकजुट हुनुपर्नेमा जोड दिए ।

सोमवारको सभामा योगी बलभद्रनाथ, पूर्वमन्त्री प्रकाश चित्रकार,राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता रुपसिंह थापा, दिपेन्द्र ढकाल, चक्रपाणी भण्डारी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

बुटवलमा सोमवार १५ हजार जनता र्यालीमा सहभागिता रहने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : आइतबार, पुष २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij