बुटवल – २९९ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा बुटवलमा आईतबार प्रदर्शन गरिएको छ । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा एकता दिवसका अवसरमा बुटवलमा बृहत ¥याली निकालिएको हो ।
लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडे भएपनि जनस्तरबाट भने विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिएको छ । रुपन्देहीबासीको नाममा आईतबार बुटवलमा ठूलो समूहमा ¥याली निकालेर पृथ्वी नारायण शाहको योगदानको सम्झना गरिएको छ ।
पृथ्वीनारायण शाहले ससाना क्षेत्र जस्तै ९भिरकोट, कास्की, लम्जुङ्ग गोरखामा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरेर आधुनिक नेपालको जग बसालेका थिए ।
पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो । पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू–भाग नेपाल अधिनस्थ थियो ।
गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा शाहको वि।सं। १७७९ पौष २७ गते जन्म भएको थियो भने वि।सं। १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा निधन भएको थियो ।
राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण रुपन्देही बासीको आयोजनामा सोमवार बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जयन्ती मनाउन क्रममा, वृहत र्याली सहित सभा आयोजना गरिएको छ ।
प्रकाशित मिति : सोमबार, पुष २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्