सैनामैन-लायन्स क्लव अफ सैनामैना सालझण्डीले कोटियादेवी माध्यामिक विद्यालयमा अध्ययन गर्ने बालबालीकाको लागी शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
लायन्स क्लव सैनामैना सालझण्डीको बार्षिक कार्ययोजना अन्र्तगत सैनामैना नगरपालीका वडा नम्बर ११ मा रहेको सो बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागी क्लवले शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । लायन्स अन्तराष्ट्रियका सस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर कल्वले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागी शैक्षिक सामाग्री अन्र्तगत कापी, कलम, स्कुल ड्रेस, स्विटर लगायतका सामाग्री प्रदान गरेको क्लवका अध्यक्ष लायन नवराज खनालले जानकारी दिनु भयो ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा सैनामैना नगरपालीका वडा नम्बर ११ का वडा अध्यक्ष सुनिल मरासिनीले रुपन्देहीको पश्चिम सैनामैनाको सालझण्डीमा स्थापीत क्लवले विभिन्न समयमा विभिन्न क्षेत्रमा सामाजीक काम गर्दै आएको धन्यवाद ज्ञापन गर्नु भयो ।
सो अवसरमा बोल्दै क्लवका सस्थापक अध्यक्ष तथा जोन चियरपर्सन लायन भेषराज शाक्यल क्लवले लायन्स अन्तराष्ट्रियको उद्धेश्य अनुसार आफु भन्दा कम भाग्यमानीको लागी सेवा भन्दै विभिन्न समयमा सामाजीक सेवा गर्दै आएको बताउनु भयो । उहाँले क्लवले आयोजना गर्ने प्राय जसो कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद समेत व्यक्त गर्नु भयो ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गुणाखर घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष कमल राज गौतम, विद्यालयका प्रधानाध्यापक रमेश भुषाल, सह–प्रधानाध्यापक पुनाराम घिमिरे लगालयतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन क्लवका सह-सचिब लायन हरि बहादुर रुचालले गर्नु भएको थियो ।
प्रकाशित मिति : बुधबार, पुष २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्