काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु कमेडी गरेर जनतालाई हँसाउन प्रज्ञा भवनमा उपस्थित नभएको बताएका छन् ।
बुधबार भवनमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘हामी अरुजस्तो कमेडी गरेर जनतालाई हसाउनको लागि यहाँ जुटेका छैनौं’, सम्बोधनका क्रममा अध्यक्ष दाहालले भनेका छन्, ‘हामी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनको लागि जुटेका हौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै यसो भनेका अध्यक्ष दाहालले आफूले सधैं कम्युनिष्ट आन्दोलनलाई केन्द्रमा राख्ने बताए ।
प्रकाशित मिति : बुधबार, पुष २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्