निर्वाचन र जनगणनामा आफ्नो छुट्टै पहिचानले मान्यता पाउनु पर्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको माग

निर्वाचन र जनगणनामा आफ्नो छुट्टै पहिचानले मान्यता पाउनु पर्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको माग

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अगुवाहरुले आगामी निर्वाचन र जनगणनामा आफूहरुलाई छुट्टै पहिचानको माग गरेका छन् । बुधबार भैरहवामा एक्लोलाई सहारा दिने वृक्ष समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका लुम्बिनी प्रदेश कोर्डिनेटर रेशम न्यौपानेले महिला, पुरुष जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि पहिचान दिन सरकारसँग माग गरे ।

उनले जनगणना गर्दा महिला यति, पुरुष यति भनेजस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक पनि यति छन् भनेर तथ्यांक नै छुट्याउनु पर्ने जनाए । यस्तै, निर्वाचनमा महिला, पुरुषसँगै यौनिक तथा लैंगिक अल्पसंख्यकको छुट्टै लाइन गराई मतदान गर्ने अधिकारीसमेत कायम गर्न न्यौपानेले आग्रह गरे ।

उनले रुपन्देहीमा मात्रै यो समुदाय ८ हजारभन्दा बढी भए पनि समाजिक तिरस्कारका कारण खुल्न नसकेको जनाए । यसका लागि घरपरिवार र समाजले उनीहरुको पहिचान स्थापित हुने गरी वातावरणको सिर्जना गर्नुपर्ने उनीहरुको माग छ । रोजगारीको ग्यारेन्टी नहुँदा आफ्नो समुदाय यौनजन्य क्रियाकलापमा लाग्न बाध्य भएको जिकिर गर्दै सरकारले यस्ता समुदायका नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्नु पर्ने जोड दिए । रोजगारी नपाउँदा यौनजन्य क्रियाकलापमा आफ्नो समुदाय लाग्ने गरेको तर प्रहरी र समाजले गलत तरिकाले हेर्ने गरेको गुनासो गरे । कतिपय ठाउँमा प्रहरी कुटपिटसमेत गरेको उनीहरुले जनाएका छन् ।

पारिवारिक र सामाजिक तिरस्कारका कारण मानसिक तनावमा परेर लकडाउनको अवधिमा मात्रै मुलुकभर १७ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले आत्माहत्या गर्न बाध्य भएको न्यौपानेले जनाए । उनकाअनुसार आत्माहत्या गर्नेमा अधिकांश १६ देखि २० वर्ष उमेर समूहका छन् ।

उक्त समुदायका नागरिकले आफ्नो यौनिकताबारे समाजमा खुलेर हिंड्दा प्रोत्साहनको ठाउँमा बढी तिरस्कार हुने गरेको भन्दै सीमित नागरिकमात्रै यौनिकताबारे खुलेको जनाएको छ ।

प्रकाशित मिति : बुधबार, पुष २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij