अचेल हरेक चोक चोकमा, गल्लि गल्लिमा, अनि चिया पसलहरुमा राजनितिक चियो चर्चो हुने गर्दछ। विशेषगरी विश्वविद्यालय र क्याम्पसहरुमा राजनितिको माहोल नै फरक हुन्छ, शिक्षा राजनीतिसँग अलग हुन सक्दैन । वास्तवमा शिक्षा राजनीतिबाट मात्र नभएर मानव जीवनको कुनै पनि पक्षबाट अलग हुन सक्तैन । किनकि शिक्षा बहुआयामि विषय भएको हुनाले कसैले पनि यसको संलग्नतालाई नकार्न सक्तैन। तर अचेल विश्वबिद्यालय र क्याम्पसमा हुने राजनिति बिद्यार्थीको हित र बिद्यार्थीको पक्षमा भन्दा पनि अमुक राजनितिक दल र २,४ जना राजनितिक व्याक्तित्व सँग जोडियको छ, बिद्यार्थीलाई राजनितिमा सामेल त गराईन्छ तर न त बिद्यार्थी आन्दोलनको बारेमा जानकारि गराईन्छ न त राजनितिको बारेमा पुरा जानकारी नै गराईन्छ, बिद्यार्थी लाई प्रयोग गरि एउटा व्याक्ति नेता बन्ने र फाईदा लिने खेलमैदानको रुपमा क्याम्पसको राजनिति लाई प्रयोग गरिदै आईयईको छ। बिद्यार्थी सचेत भय भने आफ्नो विरासत गुम्ने डरले बिद्यार्थी लाई अलमलमा पारिन्छ, एउटा हुल बनायर आफ्नो अघिपछि डुलाउने गरिन्छ अनि तिनै बिद्यार्थी ले तिरेको शुल्क बाट रजाई गर्ने आफ्ना आसेपासेलाई सित्तैमा पढाउने गरेको पनि कहि कतै नदेखिएका होईनन। आज निरन्तर बिद्यार्थी संगठनहरु शैक्षिक मुद्दामा भन्दा पनि आफ्नो माउ पार्टिको प्रतिरक्षा मा उत्रिने, सत्ता पक्षको बिद्यार्थी संगठनले सरकारको रक्षा गर्ने प्रतिपक्षले सरकारलाई खुईलाउने काममै व्यस्त हुने गरेकोले समग्र बिद्यार्थी आन्दोलन माथि नै प्रश्न चिह्नहरु खडा भयका छन। आजकाल विद्यार्थी आन्दोलन र त्यसको मेरुदण्डको रूपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको औचित्यमाथि विभिन्न तरिकाले प्रश्न हरु उठ्न थालेका छन। कतिपयले विद्यार्थी आन्दोलनको औचित्य नै सकिएको तर्क पेस गर्न थालेका छन् । के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता सकिएकै हो त ? यतिबेला नेपाली विद्यार्थी आन्दोलनसामु यो यक्षप्रश्न खडा भएको छ । नेपालमा विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । इतिहास साक्षी छ, प्रजातन्त्रको स्थापनाको निम्ति होस या पञ्चायती व्यवस्था ढाल्न होस अथवा दस बर्से जनयुद्धमा होस बिद्यार्थी संगठनको अतुलनिय भुमिका रह्यो , सामाजिक जागरण र लोकतान्त्रिक आन्दोलनका हरेक मोडमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित थियो । राष्ट्रियताको पहरेदारको रूपमा दबाब, जागरण र खबरदारीको मामिलामा विद्यार्थी आन्दोलन नै अग्रभागमा रहेको कुरा घ्रुब सत्य हो । जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा पहिला र अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो । आज यातायातका साधनहरूमा विद्यार्थीलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्ध छ, त्यो त्यही विद्यार्थी आन्दोलनकै उपज हो । अतितको विद्यार्थी आन्दोलन गौरवशालि रहेकोमा कुनै पनि द्वबिदा छैन। तर आजको बिद्यार्थी आन्दोलनको औचित्य के? आजको बिद्यार्थी संगठनको मुल कार्यभार के? अबको एजेन्डा के? अबको बिद्यार्थी आनमदोलनमा नेपालको संबिधान २०७२ मै उल्लेख गरेको “समाजबादि शिक्षा” को आधारहरु के त अबको शिक्षा प्रणालि कस्तो हुने? सैद्धान्तिक शिक्षा मै अलमलिने कि जिबनउपयोगि शिक्षा लाई जोड दिने त्यो बहसको बिषय हुनु पर्दछ । हिजो कलमको मसि र बन्दुकको नालबाट सामन्ति व्यवस्था ढालेका, राजनितिक परिवर्तन ल्याएका बिद्यार्थी ले अब धनि गरिब सबै वर्गले पढ्न पाउने शिक्षा को नैसर्गिक अधिकारको परिपुर्तिको लागि, निशुल्क शिक्षा र जिबन उपयोगि शिक्षा को लागि बिद्यार्थी आन्दोलन चर्काउन आवश्यक देखिन्छ। बिद्यार्थी संगठन नितान्त बिद्यार्थी को पक्षमा र शैक्षिक मुद्दामा केन्द्रत हुने र पाटिगत राजनितिमा सहायक भुमिकामा उभिनु आजको आवश्यकता हो अन्यथा बिद्यार्थी आन्दोलन र स्वतन्त्र बिद्यार्थी युनियनको अस्तित्व नै सकिने र बिद्यार्थी आन्दोलन तुहिन सक्ने संकेत देखिन थालेका छन। यस विषयमा बिद्यार्थी संगठनले समयमै ध्यान दिन आवश्यक छ।
प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्