कपिलवस्तु ।
अवैध भारतीय रकम सहित कृष्णनगरबाट एक जना पक्राउ परेका छन् । शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरले भारत बाट अबैध रुपमा भित्राईएको पाच लाख चौतिस हजार पाच सय पचहत्तर भारतीय रुपैया बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसीको कमान्डमा खटिएको टोलीले उक्त रकम बरामद गरेको हो ।भारत तर्फ बाट नेपाल आउदै गरेको पैदल यात्री बाग्लुंङ जिल्ला निसीखोला गाउपालिका वडा नं. ५ का ३१ वर्षका भागिलाल विकको झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरको टोलीले बिहिवार बिहान १० – ११ बजेको समयमा उक्त भारतीय रकम बरामद गरेको हो । बरामद गरिएको रकम र पक्राउ परेका केसीलार्ई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी भैरहेको शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन् ।
प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्