बुटवल
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंबैधानिक, अनाधिकृत र अराजनीतिक भएको बताएका छन । संसद बिघटनका बिरुद्ध काँग्रेसले देशव्यापी रुपमा गरेको बिरोध र्कायक्रम अन्तगर्त बुटवलमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै नेता थापाले संविधानले बहुमतको प्रधानमन्त्रीलाइ संसदको अधिकार माथि नजर उठाएर हेर्ने अधिकार समेत नदिएको दावी गरे ।
नेता थापाले संसद पुनस्र्थापना की निर्वाचन भन्ने प्रश्ननै गलत भएको भन्दै यक्ष प्रश्न संविधानको पक्षमा हो की होइन भन्ने रहेको बताए । काँग्रेसले संसद बिघटनलाइ असंवैधानिक भिनेर निर्णय गरीसकेको भन्दै उनले संसद पुनस्र्थापना गरेर संविधान सम्वतनै चुनावमा जाने र जित्ने दावी गरे । ‘निर्वाचन हुन्छ तर आफनो बाटो समातेर हुन्छ । देश काँग्रेसमय बन्छ, हामीले देश चलाउछौं,संविधानको रक्षा गर्छौ, बिकास र समृद्धि पनि ल्याउछौं । प्रधानमन्त्री ओलीलाइ बलकोट र राष्ट्रपति बिद्यादेवि भण्डारीलाइ चपली पठाउनेछौं’नेता थापाले भने । देशमा शान्ति प्रक्रियाको सुरुवात, लोकतान्त्रिक संविधान निर्माण र कार्यान्वयन काँग्रेसकै नेतृत्वमा भएको भन्दै नेता थापाले प्रम ओली र राष्ट्रपति भण्डारीले संविधान च्यात्दै गर्दा प्रतिरोध गरेर संविधान बचाएको काँग्रेस यही हो भन्ने अर्को इतिहास रच्ने क्षमता काँग्रेससंग रहेको उल्लेख गरे ।
श्रीमानहरुलाइ बन्द कोठाका खासखुसले पनि प्रभावित नगरोस
संसद बिघटनाको मुद्यामा सर्वोच्चले संबिधान सम्बत नै फैसला गर्ने पुर्ण विश्वास रहेको उल्लेख गर्दै नेता थापाले न्यायधिसहरुलाइ न्यायको धर्म नछाड्न आग्रह पनि गरे । ‘श्रीमानहरुलाइ बहिरी कुराले प्रभाव नपारोस । बन्द कोठाका खासखुस कुराले पनि प्रभावित नगरोस । दायाँ बाँया नहेरी संबिधानमा टेकेर फैसला होस’नेता थापाले भने । संसद बिघटनको मुद्यामा बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसक्ने अवस्थामा के हुन्छ भनेर प्रधानन्यायधिसले सोधेको भन्दै उनले त्यस्तो प्रधानमन्त्रीले पद छोडेर घर बस्नु पर्ने बताए । ‘सरकार चलाउन नसक्ने प्रधानमन्त्रीले पद छोडेर घर बस्नु । घर पनि बस्न नसके बन पस्नु’ नेता थापाले भने ।
देशले स्थिर सरकार पावस भन्ने उद्येस्यले लामो बहस पछि संबिधानमा प्रधानमन्त्रीलाइ संसद बिघटनको अधिकार नदिइएको भन्दै उनले संविधानसभाका अध्यक्षले प्रधानमन्त्रीको लाज छोप्दा छोप्दै आफु नाङगिएको थाहै नपाएको टिप्पडी पनि गरे । नेता थापाले प्रधानमन्त्रीले संबिधानको कुन धारा परिवर्तन गर्न दुइ तिहाय खोजेको हो सो को जवाफ दिनु पर्ने उल्लेख गरे । प्रम ओलीलाइ देश चलाउने क्षमता नभएको अहंकारी नेताका रुपमा चित्रण गर्दै उनले त्यसमा ओलीका वरीपरी घुमीरहनेहरुको पनि उत्तीकै देन रहेको बताए ।
लुम्बिनीका मुख्यमन्त्री पनि ओलीकै फोटोकपि
नेता थापाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि प्रम ओलीकै फोटो कपी भएको टिप्पडी समेत गरे । ‘यत्रो प्रदेशको जिम्मेबारी छ । प्रदेशका जनता प्रति जवाफदेहि छैन । प्रदेशका बारेमा सोधे जवाफ छैन तर ओलीको पक्षमा कुर्लन परे सबैभन्दा पहिले उनै काठमाण्डौं पुगीहाल्छन’थापाले भने । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रति लक्षित गर्दै नेता थापाले ओलीले दिएको ललीपप खाएर बसेकाहरु राष्ट्रपति र प्रधानमन्त्रीले लामो समय देखि नेकपाको गुट चलाएर राष्ट्रहित बिपरितका कदम चाल्दा समेत नबोलेको र अहिले उनीहरु सडकमा पुगेको टिप्पडी गरे । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न २ का सभापती हरी लम्साल,बुटवल नगर सभापती खेलराज पाण्डे, प्रदेश सांसद पुष्षा थरुनी,जिल्ला सदस्य जितबहादुर मल्ल,नगर उपसभापती बिमलराज भट्टराइ,सचिवज्योती भण्डारी,वडाध्यक्ष अरुण कुमार श्रेष्ठ,लगायतले बोल्दै संसद बिघटन बिरुद्धको असंबैधानिक कदमका बिरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए
प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्