बुटवल
तिलोत्तमा ४ को सीमानगरमा खानेपानी आयोजनाका पाइप राखीएको थुप्रोमा आगलागी भएको छ । आगलागीबाट लाखौं मुल्यका पाइप जलेर नष्ट भएको छ । क्षतीको एकिन बिबरण भने आइसकेको छैन ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार बिहान ११ बजेतिर आगलागी भएको हो । बुटवल, तिलोत्तमा र सिद्धार्थनगरबाट झिकाइएका दमकलले आगो नियन्त्रण्मा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतितसिंह राठौरले बताए । आगालागी सुरु भएको करिब पौने घण्टामै आगो नियन्त्रणमा आएकाले केही पाइपहरुमा क्षती हुन नपाएको स्थानीयले बताएका छन । आगलागीको कारण भने नखुलेको र अनुशन्धान भइरहेको डिएसपि राठौरले बताए ।
प्रकाशित मिति : शनिबार, माघ १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्