बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले अहिलेको निकाश ताजा जनादेश नै भएको बताउनुएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको कदम अदालतले सदर गरे निर्वाचनमा जानु नै उत्तम विकल्प हुने उहाँले बताउनुभयो ।
शुक्रबार राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ ले मानपकडीमा आयोजना गरेको प्रदेशस्तरीय सभालाई संबोधन गर्दै नेता बोहोराले भन्नुभयो– “अदालतको निर्णय मान्छौं, तर राप्रपाको सोच ताजा जनादेश नै हो, ताजा जनादेश नै अहिलेको निकास हो ।” जनताले पनि ताजा जनादेश खोजेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै उहाँले अदालतको निर्णय सबैले मान्नुपर्ने बताउनुभयो । संसद पुनस्र्थापना भए पुनः फोहोरी खेल सुरु हुने बताउदै बोहोराले फोहोरी खेलबाट जनताको हकअधिकार स्थापित नहुने पनि बताउनुभयो ।
राप्रपाले निर्वाचनको लागि तयारी थालिसकेको बोहोराले जानकारी दिनुभयो । विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यसो हुन नसके हिन्दु राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, माघ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्