स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

 

बुटवल
बुटवल उपमहानगरपालिकाको आयोजना तथा क्यान महासंघ रुपन्देहीको सहकार्यमा स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम आज  सम्पन्न भएको छ । उपमहानगरपालिकाका कार्यपालिका सदस्य महाशाखा शाखा प्रमुखहरुका उपस्थितिमा नगरपालिकाका प्रमुख शिवराज सुवेदीको अध्यक्षता संचालित उक्त कार्यक्रमको संचालन ठगिश्वर पोखरेलले गरेका थिए । बिज्ञ विप्लव मान सिहले डिजिटल हस्ताक्षरका बारे तथा विज्ञ विवेक शमशेर राणाले साइबर सुरक्षाका सन्दर्भमा अनुशिक्षण गरेका थिए । अर्को विज्ञ अनुप वास्कोटाले स्थानीय तहमा सुचना प्रविधिको प्रयोगको अवस्थाका बारे जानकारी गराएका थिए ।कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले आजको युग सुचना प्रविधिको युग भएको र प्रविधिको विकास र प्रगतिसँगै जोखिम पनि बढेकाले त्यसको सुरक्षाको उचित प्रवन्ध गर्नुपर्ने बताए । कार्यक्रममा क्यान महासंघका अध्यक्ष नबराज कुवँर केन्द्रीय सदस्य नारायण श्रेष्ठ क्यान रुपन्देहीका अध्यक्ष रामुदेव गौतम समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : सोमबार, माघ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij