काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ५९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
अहिलेसम्म नेपालमा दुई लाख ६७ हजार आठ सय १२ जना कोरोना सङ्क्रमणबाट निको भइसकेका छन् । यो कुल सङ्क्रमितको साढे ९८ प्रतिशत भन्दा धेरै हो । आज ९९ जनासहित अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार आठ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज दुई हजार सात सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।
प्रकाशित मिति : शनिबार, माघ २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्