बुटवल
नेपाल तामाङ घेदुङ रुपन्देहीले २८५७ औं सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ ।
सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ रुपन्देहीले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी ल्होसारको शुभकामना आदान–प्रदान गरेको हो ।
नेपाल तामाङ घेदुङ रुपन्देहीका अध्यक्ष कृष्ण मोक्तानको सभापतित्व र नेपाल तामाङ घेदुङका संघीय परिषद सदस्य तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश इन्चार्ज वीरमान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङका लुम्बिनी र सुदुरपश्चिम प्रदेशका सचिव कुमार मोक्तान लामा, नेपाल तामाङ घेदुङ रुपन्देहीका निवर्तमान अध्यक्ष कुमार तामाङ,पुर्व अध्यक्ष वीर बहादुर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै तामाङ समुदायको संस्कृती संरक्षणका लागि तामाङ समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम दीलमाया लामाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल तामाङ घेदुङ रुपन्देहीले यस बर्षको सोनाम ल्होसार एकै ठाउँमा नमनाएर छुट्टा छुट्टै इकाइहरुमा मनाउन लागिएको घेदुङका रुपन्देही अध्यक्ष कृष्ण मोक्तानले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, माघ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्