बुटवल उपमहानगरपालिकाले ६२ औं स्थापना दिवस मनायो

बुटवल उपमहानगरपालिकाले ६२ औं स्थापना दिवस मनायो

बुटवल।

बुटवल उपमहानगरपालिकाले आज ६२ औं स्थापना दिवस मनाएको छ ।स्थापना दिवसका अवसरमा कार्यालय परिसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन प्रमुख शिवराज सुवेदीले गरेका थिए
प्रमुख शिवराज सुवेदीले बुटवलमा क्रियाशील राजनीतिक पार्टीहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेका योजनाहरुलाई सम्बोधन गर्ने गरी बुटवल उपमहानगरपालिकाले आवधिक र दीर्घकालीन महत्वका योजनासहितको गुरुयोजना निर्माण गरिएको बताए ।

सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्ने र बुटवललाई अवसरको सहरका रुपमा विकास गरिने प्रमुख सुवेदीको भनाइ थियो । महानगरीय अबधारणाका साथ बृहत बुटवल स्थापना गर्नेगरि विभिन्न खालका योजना छनौट गर्दै तिनलाई तीनै तहका सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक अगुवाहरुको सहकार्यमा साकार पारिने प्रमुख सुवेदीले बताए ।
उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरपालिकाले अब्बल स्थान हासिल गर्न सफल भएको बताउंदै अब हरेक काम र हरेक क्षेत्रमा देशभरका स्थानीय तह भन्दा बुटवललाई उत्कृष्ट बनाउने प्रतिवद्वता जनाइन
कार्यक्रममा गौतमबुद्ध सामुदायिथक मुटु अस्पतालका अध्यक्ष तथा वरिष्ठ समाजसेवी एजाज आलम, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्याल, राप्रपाका नेता तथा बुटवल नगरपालिकाका भूपू प्रमुख पुनाराम पोखरेललगायतले सबै नगरवासीलाई अपनत्व हुने गरी कार्यसम्पादन गर्न र व्यवसायिक मैत्री वातावरण बनाउन आग्रह गरेका सथए । निमित्त कार्यकारी प्रमुख मित्रमणि खनाल लगायतले धन्यवाद र वरिष्ठ अधिकृत विष्णु खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सो अवसरमा महामारी नियन्त्रणका बेलामा आइसोलेशनमा खटेर खाना खुवाउने, सुरक्षा प्रवन्ध मिलाउने सुरक्षाकर्मी, कर्मचारीदेखि उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट टोलविकास संस्था, हरियाली प्रवद्र्धनमा सक्रिय संस्था तथा व्यक्ति र विभिन्न व्यक्तित्वलाई समेत स्थापना दिवसकै अवसरमा सम्मान गरिएको थियो ।ठूला करदाताका रुपमा सबैभन्दा धेरै सम्पत्ती कर बुझाउनेहरुमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, एभरेष्ट बोर्डिङ स्कुल, नेपाल टेलिकम, मधुसुदनलाल श्रेष्ठ, मानवहादुर केसी, विलासमोहन बझानथाक्क्षेलाई सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए।
यस्तै उपमहानगरमा ३० वर्षभन्दा बढि सेवा अवधिका ९ र अन्य पाँच जनागरि १४ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यसम्पादनमा उत्कृष्ट १५ जना कर्मचारीहरुलाई नगद जनही १५ हजारका दरले सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसरमा १९ वडाका उत्कृष्ट टोल विकास संस्थालाई पनि सम्मान गरिएको थियो ।६२ वर्ष अघि फागुन ३ गतेकै दिन बुटवल उपमहानगरपालिकाको स्थापना भएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij