लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनायो

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनायो

घोराही।
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनाएको छ ।सो अवसरमा आज राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन समेत गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले अवको ८ महिना भित्र गुरुयोजना बन्ने र त्यसपछी प्राथमिकताका आधारमा पूर्वाधाहरु बन्ने क्रम सुरु हुने बताए ।

पहिलो चरणमा राजधानी क्षेत्रमा प्रदेश सरकार तथा प्रदेश सभा अन्तरगतका प्रशासनिक कार्यालयहरुको पूर्वाधार बनाइने उनले जानकारी गराए । अवको दुई बर्ष भित्र यी संरचना बनाउने र प्रदेश सभा सदस्यको चुनाव अघि राजधानी संग जोडिएका प्रशासनिक कार्यालयहरु राजधानी क्षेत्रमा स्थापना गरिने सरकारले योजना रहेको उनको भनाई छ ।
प्रदेश सरकार स्थापना भएपछी पूर्वाधार विकासमा ४ सय ३ किलोमिटर सडक कालोपत्रे, ४ सय ९४ किलोमिटर सडक ग्राभेल, ७ सय ८७ किलोमिटर कच्ची सडक निर्माण, ३ सय ३१ किलोमिटर नयाँ ट्रयाक खोलिएको मुख्यमन्त्री पोख्रेलले बताए ।

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संघियता कार्यान्वयनको पहिलो अध्याय प्रदेशको राजधानी र नामको टुंगो लगाएर सुरु भएको बताए ।

यसैविच प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरिएको छ । बुद्ध शान्ति पदकबाट आचार्य डा भिक्षु अमृतानन्दलाइ मरणोपरान्तबाट विभुषित गरिएको छ ।
प्रदेश प्रमुख जनसेवा पदकबाट गुम्राह थारुलाई मरणोपरान्तले विभुषित गरिएको छ । मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट दाङका माणिकलाल गौतमलाई र प्रदेश रत्न पदकबाट दाङका युवा बैज्ञानिक मार्सल रोकालाई विभुषित गरिएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij