बुटवल
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले राजाले हुर्काएका कम्युनिष्टहरु आफै राजा भएर अहिले देशलाइ अस्थिरता र अराजकता तर्फ धकेलेको बताएका छन । नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा गरेको बिरोध सभालाइ सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राजा भन्दा पनि ठुला राजा बनेको र मलुकलाइ गम्भिर अवस्थामा पुर्याएको बताएका हुन । ‘जनताले दुख्ख गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाइ नै धरापमा पारेर कम्युनिष्टहरु कुर्सीकालागि मारामार गरे । संसद नै बिघटन गरीदिए । अहिले मेरो जुलुस ठुलो की तेरो भनेर सडकमा प्रतिश्पर्धा गरीरहेका छन’ देउवाले भने । कम्युनिष्टहरुले सरकार,सदन देखि अहिले सडक सम्म रमिता गरेर जनतालाइ दुख्ख दिने काम गरेको देउवाले बताए ।

कांग्रेस सभापती देउवाले प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्यामा अदालतले भन्दा निर्वाचन आयोगले बदमासी गर्न सक्ने भन्दै आशंका पनि व्यक्त गरे । नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा गरेको बिरोध सभालाइ सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आयोगले निर्वाचन नै गराउन नचाहेको भन्दै आशंका व्यक्त गरेका हुन ।
संसद बिघटन भएको ६ महिना भित्रै निर्वाचन गराइसक्नु पर्ने संसदिय व्यवस्था रहेको उल्ल्ेख गर्दै देउवाले आयोग संविधान भन्दा माथि जान खोजेको टिप्पणी पनि गरे ।‘संसद बिघटन भएको ६ महिनामा चुनाव भइसक्नु पर्छ । तर आयोगलाइ चासौ नै छैन । किन उसले चुनावको प्रक्रिया अगाडी नै बढाउदैन शंका गुर्नपर्ने भएको छ’ । देउवाले भने । आयोगको तयारीलाइ अदालती प्रक्रियाले कुनै बाधा नपुग्ने पनि बताए । ‘आयोगको काम अदालतको निर्णय पखर्ने होइन,चुनावको तयारी गर्ने हो । तर खैत यतीका समय बित्यो आयोगले निर्वाचन तालिका नै ल्याउदैन किन ? यदी अदालतले निर्वाचन नगर्ने भन्यो भने तयारी बन्द गरे भैगयो’ देउवाले भने । उनले नेकपाको बैधानिकता विवादबारे पनि निर्णय गर्न ढिलाइ गरेको भन्दै आयोगको आलोचना गरे । यहाँ चुनाव चिन्नको झगडा चलीरहेछ । सूर्य चिन्न प्रचण्डलाइ दिने कि ओलीलाइ जसलाइ दिने हो निर्णय त गर्नु पर्यो नी, उनीहरुलाइ लडाएर मात्रै समस्याको हल हुन्छ र ?’देउवाले भने 
संसद बिघटन सम्बन्धि मुद्दामा अदालतले दिने निर्णय पार्टीलाइ मान्य हुने दोहोरयाए । ‘संसद बिघटनको बिषयमा सडकको जुलुसले निर्णय गर्ने होइन । अदालतमा बिचाधिन मुद्यामा हामीले यो गर त्यो गर भन्दैनौ र भन्न पनि मिल्दैन । देउवाले भने अदालतको निर्णय कुरौं । निर्वाचन भने निर्वाचनमा जाउला । पुनस्थापना भने पनि ठिकै छ’ उनले भने ।
कम्युनिष्टहरुको झगडामा काँग्रेसको कुनै इन्ट्रेष्ट नभएपनि उनीहरुको विवादले काँग्रेस भित्र समेत समस्या निम्तीएको उल्लेख गरे ।‘अहिले हाम्रा केही साथीहरु प्रचण्ड ठिक भन्छन केही ओली ठिक भन्छन । हामी बिचमै समस्या पो हुन थाल्यो’ देउवाले भने । अदालतमा बिचाराधिन मुद्यामा पक्ष विपक्ष हुनु नपर्ने बताए । निर्वाचन तत्कालै या दुइ बर्ष पछि भएपनि नेपाली जनताले काँग्रेसलाइ नै साथ दिने भन्दै देउवाले जनताको घरदैलोमा पुग्न र सेवामा जुटन नेता कार्यकर्तालाइ आग्रह गरे ।
संसद बिघटन गरेर काम चलाउ बनीसकेको सरकारले बिषयगत निर्णयहरु गर्न नपाउने भन्दै खबरदारी पनि गरे । ‘यो सरकारले कुनैपनि बिषयगत निर्णय गर्न पाउदैन तर उसले नितीगत निर्णय भन्दै मन्त्रीपरिषदबाट बिषयगत निर्णयहरु गरीरहेको छ । म यहीबाट सबैलाइ भन्न चाहान्छु त्यस्तो गर्न पाइदैन,हामीले मान्दैनौ । यस बिषयमा अख्तियारले पनि ध्यान देओस’ देउवाले भने । सुरक्षा निकाय र कर्मचारी प्रशासनलाइ पनि उनले जनताको करबाट तलब खाएर एउटा पार्टीको काम नगर्न चेतावनी दिए । ‘अहिले प्रहरी प्रशासन र कर्मचारीहरुले एउटा पार्टीको निर्देशन मानेर मनपरी गर्नु भएको छ हामीले हेरीरहेका छौं खबरदार त्यसो नगर्नुस’ देउवाले भने ।

नेकपाको झगडाले मुलुक गम्भिर मोडमा पुगेको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा गर्दै जनताको अधिकार स्थापित गर्ने जिम्मेबारी काँग्रेसको काँधमा रहेको र त्यो पुरा गर्ने बताए । काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले कम्युनिष्टहरु नागिंएर पतनको बाटोमा पुगीसकेको बताए । ओलीले सूरुदेखि नै संविधान माथि प्रहार गरीरहेको र जनताको मौलिक अधिकार खोसेर कम्युनिष्ट शासन व्यवस्था स्थापित गराउन खोजेको आरोप लगाए । कम्युनिष्टहरुले सदन देखि सडक सम्म धेरै रमिता देखाइसकेको भन्दै राणा,पञ्चायत र राजा सिद्धिएजस्तै अव कम्युनिष्टहरु सिद्धिने दावी गरे । ओली र उनका मन्त्रीहरु एकदिन पनि सरकारमा बस्ने नैतिकता गुमाएको भन्दै उनले झिटीगुन्टा बाध्न आग्रह गरे । नेता भरतकुमार शाहले ओलीले कम्युनिष्ट अधिनायकबाद ल्याउने प्रयास गरेको भन्दै काँग्रेसले त्यसको भण्डाफोर गर्ने बताए । देशलाइ गम्भिर मोडमा पुरयाएको भन्दै प्रम ओलीलाइ होसमा आउन नेता शाहले चेतावनी दिए । काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, प्रतिनिधि सांसद प्रमोद यादव,प्रदेश सांसद रमा अर्याल,काँग्रेस रुपन्देहीका उपसभापती सरीता चौधरी,सचिव रामकृण्ण खाँण,क्षेत्रीय सभापती मातृका यादव,नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडल, सिद्धार्थनगर नगर सभापती दिलीप धिताल लगायतले बोल्दै प्रम ओलीको असंवैधानिक कदम नसच्चीए सम्म आन्दोलन नरोकीने बताए । महिला तथा बालबालिकाहरु माथि हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधका घटना बढेको भन्दै नेताहरुले अपराधी पक्राउ गर्न नसक्ने सरकार आफै भ्रष्टाचारमा लिप्त रहेकाले अव जनताले ओलीतन्त्र समाप्त पारीदिने चेतावनी दिए ।

भैरहवाको हनुमान मन्दिर प्राङ्गणमा भएको बिरोध सभामा जिल्लाका १६ वटै पालिकाबाट हजारौ नेता कार्यकता सहभागी भएका थिए । बिरोध सभा अघि भैरहवाको बुद्धचोकबाट बिरोध रयाली निकालीएको थियो । ओलीको असंवैधानिक कदमको बिरुद्धमा काँग्रेसले सोमबार देशका ७७ वटै जिल्लामा बिरोध सभा सम्पन्न गरेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्