बुटवल-विश्व हिन्दु महासंघ नेपालले स्वामिनारायण मुक्तिनाथ घोषणापत्र जारी गरेको छ । रुपन्देहीको बुटवलमा फागुन ४ र ५ दुइदिन चलेको केन्द्रिय कार्यकारिणी तथा जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले ७ बुदे मुक्तिनाथ घोषणापत्र जारी गरेको हो ।
महासंघले नेपाललाइ हिन्दु राष्ट्र बनाउने अभियान स्वरुप रामनवमीको दिनदेखि मेची महाकाली जागरण अभियान चलाउने भएको हो । त्यस्तै बैठकले हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि देश भित्र तथा बाहिरका ओमकार परिवार तथा धार्मिक संघसंस्थासंग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ।
महासंघले श्रीमद भागवद्गीतालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गराउन सरकारलाई दबाब दिने,संस्कृत विषयलाई आगामी शैक्षिक शत्रदेखी विद्यालयको पाठ्यक्रममा अनिवार्य विषयको रुपमा समावेश गर्न माग गर्ने निर्णय समेत गरेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डारामचन्द्र अधिकारीले बताए ।
हिन्दु धर्म संस्कारलाई प्रत्येक नेपालीको घर समाजमा पुर्याउन प्रचारप्रसार एवं घरदैलो अभियान सञ्चालन गर्ने, नयां सन्तानको नामाकरण हिन्दुत्व झल्किने गरि गरिदिन समस्त नेपालीहरुलाई अनुरोध गर्ने निर्णय समेत भएको उनले बताए ।
महासंघले आगामी राष्ट्रिय जनगणनामा हिन्दु धर्मावलम्बीहरुको तथ्यांक तोडमोड हुन सक्ने तर्फ सचेत रहन सचेतना अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको केन्द्रिय बरिष्ठ उपाध्यक्ष बेनबहादुर क्षेत्रीले बताए ।
सो अबसरमा केन्द्रिय बरिष्ठ उपाध्यक्ष शंकर खराल,केन्द्रिय सदस्य पुनाराम पोखरेल,केन्द्रिय सदस्य डिल्लीराज शर्मा आचार्य, विश्वहिन्दु महासंघ नेपाल रुपन्देही अध्यक्ष महेश्वर श्रेष्ठ,महासंघको युवा जिल्ला संंयोजक शिब मल्ल लगायतले बोलेका थिए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्