कञ्चन
अलायन्स क्लव अफ कञ्चनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी ज्ञान निकेटन माध्यमिक विधालयमा संचालन गरिएको खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ।
रगतको अभावमा मृत्युको शैयामा छटपटाइरहेका बिरामीहरुका लागि समयमै रगत उपलब्ध गराउन सकियोस भन्ने उद्धेश्यका साथ संचालन गरिएको अलायन्स क्लव अफ कञ्चनका अलायन्स क्लव अफ कञ्चनका सुरेश बस्यालले बताएका छन। रक्तदानको कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले रक्तदान गर्नेहरुले कुनै मन्दिरमा गएर भाकल र प्रसाद चढाउनु नपर्ने बताए ।कार्यक्रमको प्रमुख अतिति समेत रहेका स्वास्थ्य शाखा प्रमुख गौतमले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रमहरु संचालन गर्नु मानव सेवा सरह भएको र कार्यक्रम संचालन गर्दा स्वास्थ्य शाखासंग पनि सहकार्य गर्न सके कार्यक्रम संचालन गर्दा आवस्यक सहयोग प्राप्त हुने बताए ।स्वास्थ्य शाखा प्रमुख गौतमले रक्तदानले रगत अभाव हुन नदिने बिश्वास गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने रचनात्मक कार्यक्रमहरुको निरन्तरताको कामना समेत गरेका थिए।
अलायन्स क्लव अफ कञ्चनका संस्थापक अध्यक्ष सुमन सुवेदीले स्वास्थ्य,वाताबरण र व्यक्तिगत बिकासको क्षेत्रमा काम गर्ने अलायन्स क्लव अफ कञ्चनले कञ्चनका युवाहरुलाई समाजलाई सकारात्मक दिशा तर्फ डोराउन अभिप्रेरित गर्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै जाने बताए ।
रक्तसंचार केन्द्र भैरहवाको प्राबिधिक सहयोगमा संचालन भएको रक्तदान कार्यक्रममा अलायन्स क्लव अफ कञ्चनका अध्यक्ष कृष्ण भण्डारीको समेत उपस्थिती रहेको थियो भने क्लवका अध्यक्ष सुमन सुबेदीको अध्यक्षता,कार्यक्रम संयोजक राजु शर्माको स्वागत तथा सचिव दिनेश थारुको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्