बुटवल
यौनिक तथा लैंङ्गिक अल्पसंख्यक र एचआइभि संक्रमित एवं प्रभावित समुदायको सबालमा पैरवी र उनिहरुको अधिकार स्थापित गर्न प्रदेशका सबै सरोकारवाला एकै ठाँउमा केन्द्रित हुन आवश्यक रहेको लुम्बिनी प्रदेशका उपसभामुख कृष्णि थारुले बताउनुभयो । निलहिरा समाज नेपालले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशका सरकारी निकायहरुसंग यौनिक तथा लैगिक अल्पसंख्यक र एचआइभि संक्रमित तथा प्रभावित समुदायका मुद्धाहरु विषयक प्रदेश स्तरिय अन्तक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि उपसभामुख थारुले कानून कार्यान्वनमा समेत जोड दिनु पर्ने बताउनु भयो ।
उहाले यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरु लगायत समाजमा पछाडि परेका सबै समुदायको शशक्तिकरणका लागि बनेका कानून र नीतिका विषयलाई योजनामा पार्न आफू सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
समाजमा रहेका यौनिक तथा लैगिक अल्पसंख्यकहरुको संम्बोधनका लागि लैंगिक उत्तरदायि वजेटमा जोड दिन तिलोत्तमा नगरपालिकाले उक्त समुदायको तथ्याङ्क संकल गरि वजेट विनीयोजन गरेको कार्यक्रमका विषेश अतिथि तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरी चौधरीले बताउनु भयो । हाल तिलोत्तमा नगरपालिकामा १३ जना यौनिक तथा लैगिक अल्पसंख्यक रहेको र उहाँहरुको आर्थिक शशक्तिकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजनामा रहेकाले लक्षित समुदायलेनै नगर संग समन्वय गर्न समेत उहाले आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष एकराज बिश्वकर्माले यौनिक तथा लैगिक अल्पसंख्यक लगायत समग्र मानव विकासमा जोड दिन रुपन्देहीका १६ वटै स्थानिय तह तयार रहेको र समन्वय सहकार्यका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।
लुम्विनी प्रदेश, प्रदेश सरकारले प्रदेशमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या पहिचान गरि नीति ,योजना र कार्यक्रमा सम्बोधन गरेको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले विषेश गरि यौनिक तथा लैंगिक अल्पसंख्यकहरु प्रिवार र समाजबाटै तिरस्कृत भएका कारण शिक्षा,स्वास्थ्य र रोजगारीमा जोड दिनु पर्ने भएकाले सामाजिक विकास मनत्रालयले यस आर्थिक वर्षमा प्रदेशको दाङ जिल्लाका २० जना यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आयआर्जनका लागि सिपमुलक तालिम प्रदान गर्ने तयारी गरेको बताउनु भयो । उक्त कार्यक्रमको प्रभाव र उपलब्धिका आधारमा आगमी आर्थिक वर्षको योजना निर्माण गरि समग्र प्रदेशमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको शशक्तीकरणमा समेत जोड दिइने सामाजिक विकाश महाशाखा प्रमुख बस्यालले बताउनु भयो ।
निल हिरा समाजका केन्द्रिय अध्यक्ष पिङ्की गुरुङले नेपालको संविधान २०७२ को धारा १२ ,१८ र ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकको हक अधिकारको व्यवस्था गरिए पनि नीती योजना निर्माण र कार्यान्वयनमा सरोकारवालाले ध्यान नदिदा अधिकार कागजमै सिमित रहेको बताउनु भयो । अवका दिनमा नीती र योजनामा सम्बोधन भएका विषय कार्यान्वयनमा लैजानका लागि सरोकारवालासंग छलफल गर्नु परेको अध्यक्ष गुरुङले बताउनु भयो । उहाँले हाल सम्म देशका ३५ जिल्लामा आफूहरु संगठित भएर काम गरेको र ७ सय जना कर्मचारी कार्यरत पनि बताउनु भयो । कार्यक्रममा निल हिरा समाजका कार्यकारी निर्देशक मनिसा ढकालले समाजको स्थापना,उद्धेश्य,अधिकार स्थापितका लागि संस्थागत गरिएका पहल र उपलब्धी बारे सहजीकरण गर्न भएको कार्यक्रममा एचआइभि संक्रमितहरुको राष्ट्रिय संजाल लुम्बिनी प्रदेश का प्रतिनिधी अर्जुन ज्ञवाली,आस्था समुह रुपन्देहीका प्रतिनिधी सुमन हिताङ्ग पत्रकार कल्पना तिवारी लगायतले बोल्नु भएको थियो ।
लुम्बिनी प्रदेशका उप–सभामुख कृष्णि थारुको प्रमुख आतिथ्यता,निल हिरा समाजका केन्द्रिय अध्यक्ष पिङ्की गुरुङको अध्यक्षता र एक्लोलाई सहारा दिने बृक्ष समुह रुपन्देहीका कार्यालय प्रमुख मनिला न्यौपानेको स्वातमा सम्पन्न कार्यक्रमको संचालन निल हिरा समाजका कार्यक्रम निर्देशक संजय शर्माले गर्नु भएको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्