बुटवल-बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वकालागि बाणिज्य तर्फका उपाध्यक्ष हरी अर्यालले आफ्नो उम्मेदवारी दिने भएका छन । यसअघि केन्द्रदेखि जिल्ला सम्म बरिष्ठ उपाध्यक्षलाइ अध्यक्ष बनाउने परिपार्टी बसाल्दै आएको भएपनि यसपाली हालका उपाध्यक्ष अर्यालले अध्यक्षको दावी गर्दै उम्मेदवार घोषणा गरेका हुन ।
बुटवलमा आज पत्रकार सम्मेलन गरेर अर्यालले आफु अध्यक्ष भएर संघलाइ समय सापेक्ष नेतृत्व प्रदान गर्न सक्ने र पपुलर मत ल्याएर चुनाव जित्ने दावी पनि गरे । अर्यालले विगत देखि नै बिभिन्न पदमा बसेर व्यवसायीहरुको सेवामा आफुले निभाएको भूमिका र नेतृत्वमा हुनु पर्ने क्षमता र गुण भएकाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए । पत्रकार सम्मेलनमा उनले आफुले छुट्टै गु्रप नबनाइ अध्यक्षमा उम्मेदवारी दिने र अन्य पदका उम्मेदवार नै आफनो टिम हुने पनि बताए ।
व्यवसायिक संस्थाहरुमा भाषा,जाती,आस्थाका आधारमा नभइ वस्तुगत व्यवसायीहरुलाइ समेटेर टिम बन्न सक्ने बताए । संघमा कार्यसमिति हुँदै महासचिव,वाणिज्य तर्फका उपाध्यक्ष बनेका अर्याल अध्यक्ष पदकालागि आफुलाइ बहुमत सदस्यले समर्थन गरेको र पूर्व अध्यक्षहरुको समेत समर्थन रहेको दावी गरे ।
अर्यालले बुटवल लगायत आसपासको क्षेत्रको आर्थिक तथा व्यवसायिक विकास,सिद्धार्थ राजमार्गको सर्भिस लेनलाइ व्यवसाय मैत्री बनाउने,योगीकुटी देखि बुटवल सब्जीमण्डी सम्मको बाइपास सडक छिटो सम्पन्न गराउन भुमिका खेल्ने,राजस्व अनुसन्धान तथा आन्तरिक कर कार्यालयको सुविधालाइ व्यवसायी मैत्री बनाउन पहल गर्दै लगानी मैत्री र व्यवसायमैत्री बातावरण निर्माणकालागि संघ मार्फत पहल गर्ने योजना अगाडी सारेका छन ।
देशकै जेठो पुरानो मध्येको एक व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघको ६७ औं साधारणसभा तथा २४ औं अधिवेशन सोमबार देखि सुरु हुँदैछ । संघमा १ हजार ६१३ जना सदस्य छन । अध्यक्षका अर्का दावेदार हुन हालका बरिष्ठ उपाध्यक्ष उज्जवल कसजु छन । संघको यसअघिको परम्परा अनुरुप नै बर्तमान कार्यसमितिले कसजुलाइ नै अध्यक्षकालागि सिफारिस गर्ने बुझीएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्