ओलीले संसदमा बहुमत पुर्‍याउन नसके पद छाड्दा राम्राे हुन्छ : कांग्रेसका सभापति शेरबहादुर देउवा

ओलीले संसदमा बहुमत पुर्‍याउन नसके पद छाड्दा राम्राे हुन्छ : कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन।बुधवार महेन्द्रनारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति स् आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्‍याउन नसके पद छाड्दा राम्रो हुने बताएका हुन । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरूले दबाब नदिने बताए ।
सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए। अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताए। उनले भने ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णय पछाडि कि त आफ्नो बहुमत पुर्‍याउनु पर्‍यो, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरूको पार्टीको कुरा हो ।’

सभापति देउवाले नेपाली कांग्रेसप्रति आर्कषण बढेको पनि बताए। कांग्रेसले केही गर्दैन भनेर नागरिकले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताए । उनले भने ‘कांग्रेसले केही गर्दैन भनेर नागरिकले हराए, भोट दिएनन्, अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली नागरिक, बुद्धिजीवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’

प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढीकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बर्ताए । उनले कसैले पनि कुनै पनि बहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij