औषधि व्यवस्था विभागद्वारा रुपन्देहीको एक सहित ८ औषधिको बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागद्वारा रुपन्देहीको एक सहित ८ औषधिको बिक्री वितरणमा रोक

बुटवल ।
औषधि व्यवस्था विभागले रुपन्देहीको एक सहित थप ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक लगाएको छ ।

बजार अनुगमनका क्रममा औषधिहरुको नमुना परीक्षण गर्दा ८ वटा औषधि मापदण्ड बिपरितको भएको पाइएको भन्दै बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न विभागले निर्देशन दिएको हो ।

विभागले बिहीबार एक सूचना जारी गरी रुपन्देहीको बायोज्ञान रिमेडिज प्रालिको आइट्याक ( इट्राकानोजोल क्यापसुल १०० एमजी),पर्साका प्राइम फर्मास्युटिकल्सको फेक्जिस्ट (फेक्जोफिनाडाइन हाइड्रोक्लोराइड ओरल ससपेन्सन) र भास्कर हर्बस्युटिकल्सको ग्यास्टोजेल ससपेन्सन २०० एमएललाई विक्रि बितरणमा रोक लगाएको जनाएको हो ।

त्यसैगरी मोरङको एमटेक मेड प्रालिको दुईवटा इनक्स (इट्राकानोजोल क्यापसुल बीपी, भक्तपुरको सिटिएल फर्मास्युटिकल्सको लिपिलेज १०, बाराको मेगनस फर्मा प्रालिको इरगोनल–२०० र आर्या फर्माल्याबको सिनट्रयान –२०० रहेका छन्

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij