बुटवल – विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा रुपन्देहीकोे नियमित संयुक्त बैठक तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । नव जागृति बहुद्देश्यीय सामाजिक भवन ट्ष्ट, श्री सिद्धबाबा दुर्गाा भवानी शिव कुमारी सैजू वृद्धाश्रम, र नव जागृति पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दु महासंघ नेपालका वरिष्ट उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीले बुटवल उद्योग वाणिज्य संघका नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । सोही अवसरमा उहाँले नेपाललाई हिन्दु राष्ट् स्थापित गर्नका लागि विश्व हिन्दु महासंघ नेपालले मेचीमहाकाली अभियान सुरु गदै छ सोही अभियानमा सम्पूर्णको साथ, संहयोग रहनेमा विस्वास व्यक्त गर्नु भयो । संसारमा हिन्दु धर्म केन्द्रविन्दु मात्र नभएर यो महान संस्कार र संस्कृति भएको बताउदै हिन्दु धर्मको नाममा जात जाती, छुवाछुतलाई लिएर हिन्दु धर्मलाई प्रचारवादी गरेर धर्म परिवर्त गराउने प्रति घोर आपत्ति जनाउनु भएको थियो । अब नेपाललाई हिन्दु राष्ट् स्थापित गराउनका लागि सम्पूर्ण साथ , संहयोग रहे सम्भव हुने बताउनु भयो । त्यस्तै सम्मान कार्यक्रमका विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका नव निर्वाचित अध्यक्ष उज्जवल कसजूले विश्व हिन्दु महासंघले बुटवल उद्योग वाणिज्य संघका नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई गरेको सम्मान प्रति विशेष धन्यवाद व्यक्त गदै हिन्दु धर्म संसारकै उत्कृष्ट धर्म भएको बताउदै नेपाललाई हिन्दु राष्ट् घोषण गर्नेमा पूर्ण साथ, संहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले अब नव निर्वाचित टिमले बुटवलमा अस्तव्यस्त रहेका पसहरु को सचालन नहुदाँ सम्म र उद्योगहरु संचालन नहुदाँ सम्मको बहाल मिनाह गर्न बुटवल उपमहानगरपालिका संग समन्वन गर्ने, साथै बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नम्बर ४ र वडा ५ मा भएको अव्वस्थिीत पाकिंङको समस्यालाई पनि स्थानीय सरकार संग समन्यन गर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्टले चारै वटा संस्थाले गरेका गतिविधिको बारेमा जानाकारी दिनु भएको थियो । संयुक्त बैठक तथा सम्मान कार्यक्रममा बुटव उद्योग वाणिज्य संघका नव निर्वाचित सम्पूर्ण पदाधिकारीलाई सम्मान गएिको हो । कार्यक्रम संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, विश्व हिन्दु महासघ नेपालका राष्ट्यि वरिष्ट उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीको प्रमुख आतिथ्यता, बुटवल उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष उज्जवल कसजूको विशिष्ट आतिथ्यता, निर्वमान अध्यक्ष खिम बहादुर हमाल, डा बाबुराम ज्ञवाली , पुनाराम पोखर्रेल , अम्विका पौडेल, पं कृष्ण प्रसाद कोइराला र कार्यालय सचिव उर्मिला श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा रिक्त रहेको वरिष्ठ उपाध्यक्ष पदमा डा बाबुराम ज्ञवाली लाई मनोनित गरिएको छ । कार्यक्रममा नव जागृति बुलेटिनको १८ औ अंक समेत विमोचन गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्