चीनले नेपाललाई थप ३ लाख भ्याक्सिन दिने

चीनले नेपाललाई थप ३ लाख भ्याक्सिन दिने

काठमाडौं – चीनले नेपाललाई थप ३ लाख डोज भ्याक्सिन दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज भ्याक्सिन अनुदान सहयोग गर्न लागेको प्रष्ट पारेकी हुन् ।

राजदूत होउले सोमबार आफ्नो ट्वीटमा लेखेकी छन्,‘कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग स्वरुप चीन सरकारले नेपाललाई भ्याक्सिनको अनुदान सहायतामा बृद्धि गरी ८ लाख डोज पुर्‍याएको छ ।’

चिनियाँ राजदूतावासले उक्त भ्याक्सिन नेपाललाई छिटोभन्दा छिटो ल्याउनको लागि पहल गर्ने जनाएको छ । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासबाट नेपाललाई तीन लाख डोज भ्याक्सिन अनुदान दिने घोषणा गरेको थियो ।

यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोनाविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाएका थिए । माघ २३ गते नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोनमा वार्ता गर्दै वाङले उक्त प्रतिबद्धता गरेका थिए ।

चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij