बुटवल-बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ ।जन्मदिन, विवाह, पास्नी, खुसीयाली तथा अन्य शुभ दिनहरुमा पश्चिमी संस्कारको सिको गर्दै भड्किलो रुपमा भोज भतेर दिने प्रचलनलाई तोड्दै सुनवल वडा नम्बर–१ निवासी बिनिता श्रीसले छोरी किन्जु बुढाथोकीको अन्नप्राशन अवसरमा सिटिजन लाईफ इन्स्योरेन्सबाट बीमा गरेकि छिन् ।छोरीको भविष्य सुनिश्चित गर्न अन्नप्राशन अवसरमा २५ लाख रुपैयाँको बीमा गरेको बिनिता श्रीसले बताइन् । साथै उनले विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले सिटिजन लाईफ इन्स्योरेन्समा बीमा गरिएको बताईन् ।बिनिता श्रीस सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखा प्रमुख हुन ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्