बुटवल बहुमुखी क्याम्पसमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

बुटवल बहुमुखी क्याम्पसमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

बुटवल –बुटवल बहुमुखी क्याम्पसमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । अर्थशास्त्र विभागद्धारा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा खिमानन्द न्यौपानेले बुटवल बहुमुखी क्याम्पस अर्थशास्त्र विभागबाट डा बाबुराम ज्ञवालीले अर्थशास्त्र विषयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई निरन्तर रुपमा पुरुस्कार प्रदान गर्ने कार्य प्रशंसनीय भएको बताउदै यस्ता कार्यले गर्दा विद्यार्थीहरुलाई थप हौसला संगै अझै मेहनेत गर्न संहयोग मिल्ने बताए । साथै उनले आगामी दिनहरुमा अन्य विभागहरुबाट पनि यस प्रकारको कार्य सुरुवात गर्न समेत डा न्यौपानेले आग्रह गरे।
त्यस्तै कार्यक्रमका अध्यक्ष अर्थशास्त्र विभाग स्नातकोत्तर तहका प्रमुख नरंजंग के। सी ले डा बाबुराम ज्ञवालीले अर्थशास्त्र विभागमा राम्रो कामको थालनी गरेर विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सफतला संगै अगाडि बढन संहयोग गरेको कायप्रति आभार व्यक्त गदै उहाँले यस विभागप्रति को योगदान सम्झनायोग्य रहेको बताए । सम्मान तथा विदाई कार्यक्रममा विदाई हुनु भएका डा बाबुराम ज्ञवालीको बाँकी जीवनको सफलताको शुभकामना सहित अर्थशास्त्र विभाग बाट धेरै शिक्षकहरु निवृत्त भईरहदाँ कम जनशक्तिले मात्र सो विभाग धान्न गाह्रो पर्ने हुदाँ सोही विषयमा ध्यान दिन क्याम्पस प्रमुखलाई आग्रह गरे। कार्यक्रममा रुन्धति पुरुस्कार २०७७ बाट बि।ए र एम ए तर्फबाट उत्कृष्टता हासिल गर्ने संन्तोष काक्री , पिताम्बर न्यौपाने , सुनिता खनाल, सुमना पाण्डे, र सुजन चापागाई लाई नगद तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो भने लामो समय बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आउनु भएका डा बाबुराम ज्ञवाली लाई बिदाई गरिएको थियो । कार्यक्रममा अर्थशास्त्र विभाग बाट प्रकाशित journal of economic Literure volum  को कार्यक्रमका प्रमुख अतिथि बाट बिमोचन गरिएको थियो ।
कार्यक्रम अर्थशास्त्र विभागका प्रमुख नंरजंग के ं सी को अध्यक्षता, क्याम्पस प्रमुख डा खिमानन्द न्यौपानेको प्रमुख आतिथ्यता, डा बाबुराम ज्ञवालीको विशिष्ट आतिथ्यता, डा प्राशु नेपालको स्वागत र प्रेम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij