श्रमिक संघ सैनामैनाको आठौ साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न

श्रमिक संघ सैनामैनाको आठौ साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न

सैनाममैना

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ सैनामैनामा आठौ साधारण सभा तथा चौथो अधिबेशन एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सैनामैना ३ स्थित संघको कार्यालयमा आज सनिवार सम्पन्न अधिबेशनबाट पुन धर्म (पितम्बर) न्यौपानेको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन भएको छ ।जसको उपाध्यक्षमा नाथु चौधरी, महिला उपाध्यक्षमा देवकी थारु, कोषाध्यक्षमा बुद्धिराम कुमाल रहेका छन भने खेम नारायण तिवारी, कृष्ण दंगोरीया, महादेव दंगोरयिा, डिल बहादुर नेपाली र मोनिलाल मल्लाह रहेका छन ।

कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा टे«ड यूनियनका का.वा अध्यक्ष ओम प्रकाश चौधरीले “सम्पुर्ण श्रमिकहरु संघमा आवद्ध भई आफ्नो हक अधिकार लिनु पर्ने बताए ।”नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै प्रमुख अतिथि समेत रहेका चौधरीले नया कार्य समितिले सम्पुर्ण श्रमिकको समस्यालाई सम्बोधन गर्दै अगाडी बढ्ने बिश्वास ब्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष धर्म न्यौपाने “सम्पुर्ण श्रमिकको समस्या पहिचान गरी सम्बोधन गर्दै अगाडी बढ्ने प्रतिबद्धा ब्यक्त गरे ।” श्रमिकमा कुनै समस्या, पिरमर्का भए सैनामैना स्थित संघको कार्यालय वा सिदै आफु समक्ष ल्याउन समेत अध्यक्ष न्यौपानेको आग्रह थियो ।

कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रिय सदस्य नारायण सुनार, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका जिल्ला अध्यक्ष बिर बहादुर लामा लगायतले श्रमिकका बिषयमा बोलेका थिए । कार्यक्रममा संघको बिभिन्न उप समितिमा रहेर योगदान पुर्याएका २९ जनालाई सम्मान गरिएको थियो । दयाराम मल्लाहको स्वागत, संघका सचिव त्रिवेणी चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij