१११ औं अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल महिला संघ रुपन्देहीद्धारा सुत्केरीलाई फलफुल र हर्लिक्स वितरण

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल महिला संघ रुपन्देहीद्धारा सुत्केरीलाई फलफुल र हर्लिक्स वितरण

बुटवल
१११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दा दिपनगरमा रहेका सुत्केरी महिलाहरुलाई कांग्रेसको भातृ संस्था नेपाल महिला संघ रुपन्देहीले सुत्केरी महिलाहरुलाई फलफुल र हर्लिक्स वितरण गरेको छ ।दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि सुत्केरी महिलालाई फलफुल र हर्लिक्स वितरण गरिएको महिला संघ रुपन्देही सभापति गंगा शाहीले बताउनुभयो।
नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव रामकृष्ण खाण, सिद्धार्थ महिला तथा बाल अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. रामप्रसाद बस्याल, लुम्बिनि प्रदेश सभा सदस्य रमा अर्याल, पुष्पा थरुनी, कांग्रेस नेता युवराज गिरी लगायतको उपस्थिति रहेको थियो ।
महिला संघ रुपन्देही सभापति गंगा शाहीको अध्यक्षता, राधा ज्ञवालीको स्वागत र रिता सेन ओलीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

May be an image of 6 people, including Maya Gautam and people standing

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij