तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोना विरुद्धको खोप

तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोना विरुद्धको खोप

तिलोत्तमा
तिलोत्तमा नगरपालिकामा कोभिड–१९ विरुद्धको खोपअभियान यहीँ चैत १ गतेबाट सुरु हुँदैछ । नगरका सबै वडामैं खोप केन्द्रकायम गरी कोरोना विरुद्धको खोप अभियान चलाउने तयारी भैरहेकोनगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।तिलोत्तमा नगरपालिकाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरबासीको सहजताको लागि हरेक वडामा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए।
फागुन २३ गतेदेखि मुलुकभर सञ्चालन भएको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत् तिलोत्तमामा चैत १ गतेदेखि सुरु हुने खोप अभियान चैत ३ गतेसम्म चल्नेछ । अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका नगरभित्रका झण्डै दश हजार ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउनेनगरपालिकाको अनुमान छ ।
नगर प्रमुख बासुदेव घिमिरेले उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी खोप लगाउन सबै नगरबासीलाई अनुरोध गरेका छन । विश्व स्वास्थ्य संगठन समेतले प्रयोग अनुमति दिएको खोप लगाईं कोभिड–१९ बाट सुरक्षित रहन उहाँले सबै नगरबासीलाई आह्वान गरे । निःशुल्क पाइने खोप सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
स्वास्थ्य शाखाले जनप्रतिनिधिहरुको साथैं स्वास्थ्य संस्था ईञ्चार्जहरुसँग खोप अभियानको तयारी र स्थानीय स्तरमा गर्नुपर्ने कार्यसम्पादनको बारेमा छलफल गरिसकेको शाखा प्रमुख मोती पौडेलले जानकारी दिए। त्यसक्रममा नगर प्रमुख घिमिरेले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिँदै जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्न आग्रह गरे ।
अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लाग्ने बताउँदै उनँले कोरोना महामारीको समयमा जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी र जनस्तरबाट भएको समन्वय र सहकार्यको स्मरण गराए।
नगरका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह(सुगर), शिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी रहेको बताइन्छ ।कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य
असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने,दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता  आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij